‘बाटुलो जुन’को छायांकन टोली ताकममा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । चलचित्र ‘बाटुलो जुन’को छायांकन टोली म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आएको छ ।

सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र बाटुलो जून ताकमका विभिन्न ठाउँमा छायांकन भइरहेको छ । अभिनेता तथा निर्देशक भुवन केसी निर्देशक रहेको यो चलचित्र ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित छ ।

चलचित्रमा अभिनेता अनमोल केसी, अभिनेत्रीद्धय प्रिन्सी खतिवडा र नेन्सी खड्काको मुख्य भूमिका छ । भुवन केसी आफै पनि प्रमुख अभिनयमा रहेको बाटुलो जुनमा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरि, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सीना, शिरिर शिवाकोटी, अर्पण घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय रहनेछ ।

Shreekrishna

जिया केसी र भविष्य खड्काले बनाउन लागेको यो चलचित्रको गत मंसिर ५ गते पाटनमा छायांकन शुरु भएको थियो । खड्का चलचित्र जेरी अन टपकी निर्मात्री पनि हुन् । ताकमका साथै ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा चलचित्र छायांकन गर्ने योजना छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

चलचित्रमा तेजबिक्सम केसी कार्यकारी निर्माता छन भने लेखन सामाप्यिराज तिमिल्सेना र सरिन पोखरेलको छ । राजेश श्रेष्ठ छायाकार रहेको चलचित्रको कोरियोग्राफर रेनशा वान्तवा राई हुन् ।

अभिनेता अनमोल केसीले हिजोका दिनमा बुवा भुवन केसीले चिनो, सम्झना, कुसुमे रुमाल जस्ता चलचित्रमा निभाएको भूमिका र सोही चलचित्रहरुमा देखिएको लुक्समै आज आफूलाई पाएको भन्दै घुमाउरो पाराले बुवाकै विरासत धान्ने गरी यो चलचित्रमा जोडिएको प्रतिक्रिया दिनुभयो ।

बोली, भाषादेखि धेरै कुरामा भिन्न तरिकाले प्रस्तुत हुन लागेको भन्दै अनमोलले सम्पूर्ण टिमको मेहनत र साथले आफूले पनि पात्रलाई न्याय गर्ने र चलचित्र पनि उत्कृष्ट बन्ने बताउनुभयो । ताकममा यसअघि चलचित्र माइतीघरको छायांकन भएको थियो ।

चलचित्र छायांकन स्थलको रुपमा विकास हुन थालेपछि ताकमको प्राकृतिक सौन्दर्य, ऐतिहाँसिक र धार्मिक स्थलहरुको प्रचारप्रसार भई पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...