
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार पहिलो वडा अधिवेशन सम्पन्न भएको छ ।
राजन खत्रीको सभापतित्वमा गठन भएको समितिको उपसभापतिमा रिमा बानियाँ, सचिवमा दिलकुमार दर्जी, उपसचिवमा सुशीला आचार्य, सदस्यहरुमा काजी किसान, लक्ष्मण अर्मजा, शिवकुमारी रेग्मी, मानबहादुर केसी र नेत्रबहादुर खत्री रहनुभएको छ ।

धर्मदत्त रेग्मी संगठन विभागको संयोजक र यामबहादुर खत्री उपसंयोजक तथा क्युआरटी स)योजकमा बलीप्रसाद आचार्य, उपसंयोजकमा ज्ञानबहादुर विक र सचिवमा टिपप्रसाद राम्जाली चयन हुनुभएको छ ।

दुर्गादत्त आचार्य, देवीप्रसाद सुवेदी र रणबहादुर अर्मजा संरक्षण चयन हुनुभएको रास्वपा म्याग्दीका सभापति युवराज रोकाले बताउनुभयो । रास्वपाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको तयारी र संगठन विस्तारलाई समानान्तर रुपमा तिब्रता दिएको छ ।

