अन्नपूर्णमा नेकपाको चुनावी तयारी र एकता सन्देश बैठक

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले अन्नपूर्ण गाउँपालिकास्तरीय एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ ।

साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएपछि तयारी तिब्र बनाएको छ ।

बैठकले अन्नपूर्ण गाउँपालिकाका आठ वटै वडा र टोल स्तरसम्म पुगेर जनघेटघाट तथा कार्यकर्ता मार्फत एकताको सन्देश पु¥याउने, चुनावी तयारीका लागि जनवर्गीय संगठन परिचालन गर्ने निर्णय गरेको नेता पूर्ण पाइजाले बताउनुभयो ।

Shreekrishna

बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य गोविन्द पौडेलले फागुन २१ गते घोषित प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार हुनेलाई बिजयी गराउन पालिका, वडा र टोल स्तरका कमिटीलाई सक्रिय बनाउन आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको समानुपातिक तर्फ नेकपाले सबै नयाँ उम्मेदवारहरु समेटेर बन्दसुचि निर्वाचन आयोगमा बुझाएको, भ्रष्ट्राचार नियन्त्रण, शुसासनका लागि पार्टीले गरेका काम तथा लिएका नीति, म्याग्दीमा बाहालवाला तथा विगतमा जितेका जनप्रतिनिधीले गरेका काम जितको आधार भएको र नयाँ तथा युवाहरुलाई अवसर दिएको पौडेलले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

केन्द्रीय सदस्य गमबहादुर श्रीसले सबै कम्युनिष्टहरुलाई एकतावद्ध बनाउने अभियानमा आफू पनि जोडिएको बताउदै बिचार मिल्ने पार्टीहरुको धु्रबीकरण गरि प्राप्त राजनीतिक उपलब्धीको रक्षा र नवयुवा पुस्ताको माग सम्बोधन गर्न नेकपालाई आगामी निर्वाचनमा बलियो शक्तिको रुपमा स्थापित गर्न आबश्यक रहेको बताउनुभयो ।

केन्द्रीय सदस्य कृष्णकुमार विश्वकर्माले नेकपाका नेताहरुले सरकारमा रहँदा विकाश, शुसासन र भ्रष्ट्राचार नियन्त्रणको लागि काम गर्दा आफु फस्ने अवस्था आएपछि मिलेका एमाले र काँग्रेसको सरकारले जनअपेक्षा अनुसार काम नगर्दा सिर्जना भएको जेनजी आन्दोलन भदौ २४ गते हाइज्याक हुँदा देशमा विध्वंस मच्चीएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेता एवं गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकार र केन्द्रिय सरकारमा पार्टीको नेतृत्व र सहभागिता रहँदा जिल्लामा विकास निर्माणका योजनाहरु भित्र्याउन तथा सफल कार्यान्वयनमा रचनात्मक भुमिका खेलेको चर्चा गर्दै म्याग्दीको विकासका लागि प्रतिनिधिसभामा नेकपाका उम्मेदवारलाई बिजयी गराउन आबश्यक रहेकोमा जोड दिनुभयो ।

नेता अर्जुन थापाले नयाँ राजनीतिक दलहरुको आलोकाँचो गतिबिधि र पुराना भनिएकाहरुको दम्ब, घमण्ड तोडेर परिपक्क हिसाबले देशको राजनीतिलाई अघि बढाउने दायित्व नेकपाको भएको बताउनुभयो । सिंहदरबार र संसदमा म्याग्दी देखिने र सुनिने गरेर आवाज उठाउने तथा जिल्लाका जनताको दुखःसुखमा साथ दिने बाचा सहित विद्यार्थी राजनीति, समाजसेवा हुदै उमेद्वारको आकांक्षी बनेको थापाले बताउनुभयो ।

प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेकपाबाट प्रत्यक्षतर्फ सिफारिस भएका अर्जुनबहादुर थापा, कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीसमगर, टेकबहादुर वि.क., दुर्गा कार्की (बानियाँ) सहितको टोलीले एकताको सन्देश र चुनावी तयारीका लागि गाउँ अभियानमा जुटेका छन् ।

यसअघि मंगला, मालिका, धवलागिरी, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकामा चुनाबी तयारी बैठक सम्पन्न गरिसकेको छ । नेता श्याम खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा, जिल्ला संयोजक सेरबहादुर केसी, प्रदेश सदस्य बागबिर पाइजा, प्रदेश क्षेत्र (क) संयोजक ज्ञानेन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...