
बाबियाचौर ः मंगला गाउँपालिका स्तरीय शिक्षक र विद्यार्थीहरुबीच शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तर्गत गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
सात वटा विद्यालयका १३ जना शिक्षकहरु सहभागि शैक्षिक गुणस्तर सुधारमा शिक्षकको योगदान विषयक वक्तृत्वकलामा मंगला मावि बाबियाचौरका करन कडेल प्रथम हुँदै नगद रु. १५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।



मंगला माविका भिमप्रसाद शर्मा दोस्रो र दिपशिखा मावि कुहुँका बाबुराम खत्री तेस्रो हुनुभयो । विद्यार्थी जिवनदेखि राष्ट्रिय जिम्मेवारीसम्म विषयक वक्तृत्वकलामा दिपशिखा मावि कहुँका स्नेहा थापा प्रथम भएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवाल क्षेत्रीले जानकारी दिनुभयो ।
शारदा माविका युना क्षेत्री दोस्रो र त्रिभुवन मंगला माविका लक्ष्मि किसान तेस्रो हुनुभएको छ । नौ वटा विद्यालयका १२ जना विद्यार्थी प्रतियोगितामा सहभागि भएका थिए । पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगिहरुलाई गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी, वडा नं. २ का अध्यक्ष धनबहादुर खाती क्षेत्री र शिक्षा अधिकृत कटुवालले पुरस्कार वितरण गर्नुभएको थियो ।

