म्याग्दी एमालेबाट उमेद्वारका लागि प्रकाश पौडेल सहित पाँच जनाको नाम सिफारिस

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको उमेद्वारका लागि नेकपा (एमाले) म्याग्दीले पाँच जनाको नाम सिफारिस गरेको छ ।

बेनीमा शुक्रबार बसेको एमाले म्याग्दीको जिल्ला कमिटि बैठकले उमेद्वारका लागि नाम सिफारिस गरेको हो । केन्द्रिय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, युवा नेता प्रकाश पौडेल, बालादेवी राई र पशुपति शाहीको नाम सिफारिस भएको एमाले म्याग्दीका सचिव थमसरा पुनले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

वि.स. २०७९ मा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा काँग्रेसका खमबहादुर गर्बुजासँग पराजित भएका श्रेष्ठ एमालेको हालै सम्पन्न महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको थियो । उमेद्वार सिफारिस भएका ३५ वर्ष भन्दा कम उमेरका पौडेल हालै सम्पन्न एमालेको महाधिवेशनमा २१ मतले केन्द्रिय सदस्य र अनेरास्ववीयुको पछिल्लो अधिवेशनमा सात मतले पराजित हुनुभएको थियो ।

Shreekrishna

बालादेवी मजदुर नेता हुनुहुन्छ भने शाही गत स्थानीय तह निर्वाचनमा बेनी नगरपालिकाको उपप्रमुखको उमेद्वार बनेर पराजित हुनुभएको थियो । म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसअघि नेपाली काँग्रेसले खमबहादुर गर्बुजा (खम्बिर) र केबी भण्डारीको नाम सिफारिस गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीले अर्जुन थापा, कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीस, टेकबहादुर बिक र दुर्गा कार्की (बानिया)लाई उमेद्वार बनाउन नाम सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले म्याग्दीमा उमेद्वार सिफारिस गर्न बाँकी छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...