बाब्रोसेरा अभियान मार्फत म्याग्दीमा इजाजत नभएका ११५ बन्दुक बरामद

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, जिल्ला प्रहरी कार्यालय म्याग्दीले इजाजत नभएका एक सय १५ थान भरुवा बन्दुक बरामद गरेको छ ।

आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनको सुरक्षा, बन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि मंसिर १५ गतेदेखि शुरु भएको ‘ब्राबोसेरा’ अभियान मार्फत एक महिनामा उक्त परिणाममा बन्दुक बरामद भएको हो ।

बरामद भएका सबै बन्दुकहरु स्थानीय घरेलु प्रबिधीबाट निर्माण भएका र इजाजत नभएका रहेका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले जानकारी दिनुभयो । “बरामद भएका धेरैजसो बन्दुक चालु अवस्थामा छन्,” उहाँले भन्नुभयो “ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनहरुमा वन्यजन्तुको चोरी शिकारीका साथै आपसी बिवाद र झैझगडामा समेत प्रयोग हुने जोखिम भएकाले अबैध बन्दुक बरामद गर्ने अभियान चलाएका हौ ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

अबैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ब्राबोसेरा नाम दिएको छ । स्थानीयबासीहरुको सूचना तथा सहयोग समेतमा जंगल, रुखका टोड्का, खोल्सा, मासिन नबस्ने घर गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको प्रहरी निरिक्षक सागर तिमिल्सीनाले बताउनुभयो ।

रघुगंगा गाउँपालिकाबाट ४८ थान, मालिकामा २० थान, मंगलामा १४, अन्नपूर्णमा १६, धवलागिरीमा छ र बेनी नगरपालिकामा ११ थान बन्दुक बरामद भएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि तय भएको एकिकृत जिल्ला सुरक्षा योजना अनुसार जिल्ला प्रशासन कार्यालय, म्याग्दीले इजाजत भएका हातहतियारहरु पनि बुझाउन सूचना जारी गरिसकेको छ ।

प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने ब्यवस्था छ । प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र रु. पचास हजारसम्म जरिवाना हुने कानुनी ब्यवस्था छ ।

अबैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...