लागु औषध कारोबार र प्रयोगको सम्भाव्य क्षेत्रमा निगरानी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। म्याग्दीका सुरक्षा निकायले लागू औषधको कारोवार र प्रयोगको सम्भाव्य क्षेत्र र सिमा नाकामा निगरानी बढाएका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रमुख सामाजिक चुनौतिका रुपमा देखिएको लागू औषधको ओसारपोसार र दुब्र्यसनी नियन्त्रणका लागि सतर्कता अपनाएका हुन् । यसै क्रममा जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा मंगलबार म्याग्दी भित्रने प्रमुख नाका कालीपुलमा निरीक्षण र अनुगमन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्य र प्रहरी निरीक्षक सागर तिमिल्सीना सहितको टोलीले कालीपुल नाका भएर म्याग्दी भित्र्ने र बाहिरिने सवारी साधनको चेकजाँच गर्नुभएको थियो ।
कालीपुल, रत्नेचौर लगायत मुख्य नाकामा चेकजाँचलाई निरन्तरता दिने र सम्भाव्य क्षेत्रमा निगरानी बढाउन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएको प्रशासनले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...