दर युवा क्लव लामो झोलुङ्गे पुलको पर्यटन प्रर्वद्धनमा जुट्यो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथी निर्माण भएको तीन सय ६६ मिटर लामो झोलुङ्गे पुलको पर्यटन प्रर्वद्धनमा स्थानीय युवाहरु जुटेका छन् ।

दर युवा क्लवले लामो झोलुङ्गे पुलको बारेमा जानकारीमुलक होडिङ बोर्ड स्थापना गरेर प्रर्वद्धनको प्रयास गरेका हुन् । स्थानीय महेश बुढा र पुकार बुढाको सहयोगमा बोर्ड स्थापना गरिएको नरेश बिकले जानकारी दिनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत पुुल निर्माण भएपछि यात्राअवधी छोटिनु र आजत जावत सहज हुनुका साथै अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ । मुना, फलीयागाउँ र दरको बस्ति, पहाड, दरखोला अवलोकन गर्दै पुल तर्न पाइन्छ । फुलमा फोटो खिच्ने, सामाजिक सञ्जालमा राख्ने भिडियो बनाउने गरिन्छ ।

पुलबाट धवलागिरी गाउँपालिकाको.–३ र ४ नम्बर वडाका बासिन्दा लाभान्वित भएका छन् । दर गाउँका विद्यार्थीहरुलाई मुनाको धवलागिरि र फलीयागाउँको धनजनता माविमा आउन जान पनि सहज भएको छ ।

उक्त पुल निर्माणका लागि २०८१ जेठ महिनामा रामकृष्ण कन्ट्रक्सनले रु. दुई करोड ३१ लाख ३६ हजार सात सय ५० मा ठेक्का सम्झौता गरेको थियो । २०८२ मंसिर महिनासम्मको ठेक्काको म्याद भएपनि असारमै निर्माण सकिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...