
बेनी। कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको अध्यक्षमा दामोदर शर्मा चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न समितिको नवौं साधारणसभा तथा पाचौं अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा उमनाथ शर्मा, सचिव रमेशप्रसाद चापागाई, कोषाध्यक्ष दिनेश शर्मा, सहसचिव निलकण्ठ पराजुली, सदस्यहरुमा ः दण्डपाणी सुवेदी, खेमराज पौडेल, सागर तिमिल्सिना, निर्मल खत्री, बद्री महत र तिलक सुवेदी चयन हुनुभएको छ ।

