
बेनी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नारायण शर्मा निर्वाचित हुनुभएको छ ।

बेनीमा शनिबार सम्पन्न महासंघको सत्रौ साधारणसभा तथा आठौं जिल्ला अधिवेशन वाट सर्वसम्मत रुपमा शर्माको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा शान्ति आचार्य पौडेल, सचिवमा धुर्वराज सुवेदी ,कोषाध्यक्षमा नारायण पौडेल, सह सचिवमा रामु रिजाल चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा पुस्पा गौतम, गोविन्द आचार्य, टिका सेन, रिता सुवेदी, गिता आचार्य र दुर्गा कुमारी शर्मा चयन हुनुभएको छ ।

