दरवाङ–मुना–ढोरपाटन सडक ः धारापानी–झिनडाडा खण्डमा ७१ प्रतिशत प्रगति

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

ताकम ः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत धवलागिरी गाउँपालिका –७ धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो ।

मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना–जलजला–ढोरपाटन सडक अन्तर्गत धारापानी देखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स. २०८१ जेठ २० गते रामसागर बिके एस केबीएस धौलागिरी जेभीले रु. १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna

हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब नौ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाले बताउनुभयो । ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

छ किलोमिटर दुरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा वि.स. २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरी गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।

सडक स्तरोन्नतिको कामले गति लिएपछि स्थानीयबासी उत्साहित भएका धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो । आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्ष भित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ ।

यो सडक यसअघि चार देखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजना अन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न रु. ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण शुरु भएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधी २७ महिनाको रहेको छ । म्याग्दीको मंगला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताउनुभयो ।

धवलागिरीको केन्द्र मुना देखि खोरीया, मरेनी हुदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटन देखि जलजला सम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...