
कुश्मा, पर्वतको कुश्मास्थित तीनसय वर्ष पुरानो साँस्कृतिक तथा पुरातात्विक घर ुशताब्दी घरु मा एक दिवसीय ुकलाको रुपमा सम्पदाु चित्रकला कार्यशाला सम्पन्न भएको छ ।
पछिल्लो समय पर्यटकीय एवम् साँस्कृतिक दृष्टिले गन्तव्य बन्दै गइरहेको शताब्दी घरको संस्थागत विकासका लागि मूलतस् कार्यशाला आयोजना गरेको कुश्मा कला परियोजना तथा शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले जानकारी दिए । धौलागिरि क्षेत्रका पुराना कलाकारसँग नव कलाकारहरुले एकै थलोमा बसेर चित्रकला अनुभव साटासाट गरुन, कलाको विविधता एकै थलोमा ुडिस्कोर्सु होस भनेर नै यसखाले कार्यक्रमको परिकल्पना( आयोजना गरिएको गिरीले बताए ।
कार्यशालामा सहभागी बागलुङका कलाकार मछिन्द्र शाक्यका अनुसार यस प्रकारको कार्यशालाले समुदायमा कलाको महत्ववृद्दि गर्नमा सहयोग पुर्याउने धारणा व्यक्त गरे । यसले कलाको उजागर मात्र होइन, उनीहरूको पहिचान, सहभागिता र गौरवपूर्ण इतिहासको खोजी गर्न सहयोग पुर्याउने उनको मत थियो । कार्यशालाका अर्का सहभागी मिलन खत्रीका अनुसार (ुहाम्रो आफ्नो संस्कृति, कला र समाजको बहुलता एकै थलोमा हेर्नर पढ्न पनि कार्यशाला सहयोग सावित रहेको उनको अनुभव छ।

समावेशीमूलक रूपमा संचालित कार्यशालामा झण्डै दुई सय विद्यार्थी र तीन दर्जन वढी धवलागिरि क्षेत्रका अग्रज( अनुज कलाकारहरुको सहभागिता थियो । कोही पिँढी त कोही आँगन, कोही घरका कोठाचोटा, बार्दलीमा बसेर रङ्ग, कुची र क्यानभाससँग खेल्दै गरेको दृश्य फरक र अद्भूत लाग्थ्यो । तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेका गिरीले सोही स्थानमा कला कार्यशाला आयोजना गर्नुको अन्तर्य खुलाए ।
ुकुश्मा नगरलाई के कसरी थप सिर्जनात्मक विकास गर्न सकिन्छ भन्ने धेयले हामीले शताब्दी घरको परिकल्पना गरेका हौ । यसलाई सबैको साझा संस्कृति चिन्तन थलो, ज्ञानशाला बनाऔँ भन्ने हाम्रो स्वप्न सोच छ । शताब्दी घरलाई पहाडे वास्तुकला झल्काउने एउटा नमुना घरको रुपमा स्थापित गर्दै आँगनलाई ‘नृत्य आँगन’, ज्ञानकुटी, खुला स्टुडियो, पुस्तकालय सहित विभिन्न जातजाति र समुदायका लोपोन्मुख परम्परागत सामग्री राखेर सङ्ग्रहालयका रुपमा रुपान्तरण गर्ने सोचले आफू अगाडि बढिरहेकाको संरक्षणकर्मी गिरीले बताए ।

ुयो कला कार्यशाला गर्नुको मुख्य औचित्य पछिल्लो पुस्ताले बिर्सिंदै गएका हाम्रा मौलिक कला(सांस्कृति र यसले ओगटेका महत्वका चिजलाई संरक्षण र पुस्तान्तरण गर्नुसमेत ूशताब्दी घरूको उद्देश्य रहेको छ । र, हामीले जोगाएका संस्कृति, सभ्यता र सम्पदा भोलि हाम्रा सन्ततिले हेर्ने आँखीझ्याल बन्न सकुन भन्ने आफ्नो चाहाना रहेको र कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न कार्यशाला राखिएको होु गिरीले उल्लेख गरे ।
कार्यशालामा पर्वत, कुश्माका विभिन्न विद्यालयका झण्डै २०० विद्यार्थी सहभागी थिए । विद्यार्थीले चित्र कोरे । पाकापुराना कलाकारले क्यानभासमा कोरेका आकृति अवलोकन गरे । कार्यशालामा कोरिएका चित्रलाई शताब्दी घरमा सङ्ग्रह गरिने भएको आयोजकको भनाइ छ । कवि(लेखक एवम् पर्यावरण चिन्तक गिरीका अनुसार शताब्दी घरलाई सांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन र सम्पदा संरक्षणका क्षेत्रमा ुशताब्दी घरु क्रियाशील छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौंको प्राविधिक सहयोगमा संचालित कार्यशालाले धौलागिरी क्षेत्रमा कलाको वातावरण सिर्जना गर्न मद्दत पुर्याउने नाफाका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए । उनका अनुसार कार्यशाला कलाकारहरुबीच सिक्ने, सिकाउने अवसर बनेको र कलाप्रतिको सम्मानका लागि यस किसिमका गतिविधि हुनु आवश्यक छ । पछिल्लो समय प्रतिष्ठानले जिल्लास्तरमा ललितकलासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
प्रतिष्ठानका प्राज्ञ सदस्य राधी कँडेलले राजधानी र ठूला सहरमा मात्र हुँदै आएका कला प्रवर्द्धनका कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको बताए । “कला कार्यशाला धेरैजसो पोखरामा हुने गरेको थियो, यसपालि पर्वतमा आयोजना गर्न सफल भएका छौँ”, उनले भनिन, “यस क्षेत्रका कलाकार, चित्रकलाप्रति रुची भएका विद्यार्थीहरुको उत्साहजन सहभागिता रह्यो, यसले कलाप्रतिको सम्मान झल्काएको छ ।ुु
धौलागिरिका कलाकारहरुसँग अन्तरसांस्कृतिक सम्वाद गर्न पाउनु र एकैथलोमा आफ्ना कलालाई अग्रजहरूसँग साट्न पाउँदा आफूहरू खुशी भएको कार्यशालामा सहभागीहरूको प्रतिक्रिया थियो । कार्यशालामा क्यानभास, मेटल, मूर्ती र काष्ठकला अन्तर्गतका ३७ थान कला सहभागीहरूले तयार गरेका थिए । प्रकृति, संस्कृति, सम्पदा र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले आफ्नो कलामार्फत उजागर गरेका थिए ।

