भकिम्लीका धनबहादुरले भित्र्याए ‘कालाहारी बोयर’ जातको बाख्रा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीका किसान धनबहादुर श्रीसले जिल्लामै नयाँ जातको बाख्रा भित्र्याउनुभएको छ ।

डाडाखानीमा रहेको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा अफ्रिकामा उत्पत्ती भएको ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रिएको हो । पाल्पाको रामपुरमा रहेको निजी फार्मबाट प्रजनन्का लागि कालारी बोयर जातको दुई वटा बोका र दुई वटा माउ बाख्रा ल्याएर पालेको श्रीसले बताउनुभयो ।

“१४ वर्षदेखि विभिन्न उन्नत जातको बाख्राका पाठापाठी उत्पादन गरेर किसानहरुले बिक्री गर्ने क्रममा पछिल्लो पटक नयाँ कालाहारी बोयर जात ल्याएको हो,” उहाँले भन्नुभयो “यहाँको भूगोल र हावापानीमा पालेको कालारी बोयरबाट पाठापाठी उत्पादन सफल भएको छ ।”

Shreekrishna

दुई वटा बाख्राले शत प्रतिशत कालाहारी बोयर जातका दुई÷दुई वटा पाठापाठी जन्माएका छन् । श्रीसका अनुसार कालाहारी बोयर बाख्राकै एक प्रजाति हो । शरिरको रङ रातो खैरो हुने भएकाले यसलाई कालाहारी नामाकरण भएको श्रीसले बताउनुभयो ।

“सबै शरिर कालो हुने ब्याकबेरी र टाउको रातो, शरिर सेतो रंगको हुने बाख्रा स्टायडर्ड बोयर जातका हुन,” उहाँले भन्नुभयो “सबै विशेषता र गुण स्टाण्डर्ड बोयरसँग मिल्ने खैरो रंगको कालाहारी बोयरको पाठापाठी नश्ल सुधारका साथै मासु र पुजाआजाका लागि बिक्री हुने गरेको छ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


ब्याडका लागि कालाहारी बोयर बाख्राको बोका प्रतिकिलो रु. चार हजार मा बिक्री हुन्छ भने मासुको लागि अन्य जातका खसी बोका सरहनै हुने गरेको छ । छिटो हुर्कने, तौल बढी हुने र हेर्दा आकर्षिक देखिने बोयर बाख्राको बिशेषता हो ।

बोयर बोकाबाट स्थानीय जातका बाख्राको नश्ल सुधार गरेर जन्मीएका पाठापाठी पछि छिटो बढ्ने र तौल धेरै हुने गर्छ । श्रीसको फार्मलाई सरकारले उन्नत जातको बाख्राको पाठापाठीका लागि स्रोत केन्द्रको मान्यता थिएको छ ।

उक्त फार्ममा उत्पादन भएका बोयर, सिनाल, खरि, जमुनापारी लगायत जातका बोका तथा पठापाठी नश्ल सुधारका लागि देशभरका किसानहरुले खरिद गरेर लैजाने गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख गोपाल गिरीले डाडाखानीको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा भित्रिएको कालाहारी बोयर म्याग्दीका लागि नयाँ र पहिलो भएको पुष्टि गर्नुभयो ।

१५ वर्ष विदेशका बिताएका श्रीसले १४ वर्षअघि फार्म स्थापना गर्नुभएको थियो । बाख्रापालनका लागि आवश्यक पर्ने पूर्वाधार, घाँसखेती र पाठापाठीका लागि हालसम्म रु. दुई करोड लगानी भएको श्रीसले बताउनुभयो । उहाँले बाख्रापालनका लागि ६० रोपनीमा डालेघाँस र करिब ३० रोपनीमा जैघाँस खेती गर्नुभएको छ ।

बर्खामा प्रशस्त पाइने हरियो मकैको घोगा सहितको ठाँडलाई हिउँदमा खुवाउनका लागि साइलेज बनाउनुभएको छ । श्रीसको फार्ममा हाल पाउ र पाठापाठी गरेर ४० वटा बाख्रा छन् । वार्षिक रुपमा ३० देखि ४० वटा पाठापाठी बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...