म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ किसान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ किसान चयन हुनुभएको छ ।

जिल्ला खेलकुद विकास समिति, म्याग्दीको संयोजकत्वमा नवगठित संघको कार्यसमितिको उपाध्यक्षमा बिनिता रेग्मी, सचिव सुरज भट्टराई, सह–सचिवमा मञ्जुर कटुवाल, कोषाध्यक्ष सरोज पौडेल रहनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

त्यसैगरी कार्यसमिति सदस्यहरुमा राजेश क्षेत्री, सुयोज रेग्मी, उत्तम रिजाल, रोशन सापकोटा, अजय छिनाल, सन्दीप खत्री, भीमनाथ शर्मा र कृष्ण सापकोटा रहेको सह–सचिवमा मञ्जुर कटुवालले जानकारी दिनुभयो ।

Shreekrishna

म्याग्दी जिल्लामा क्रिकेटको सम्भावना रहेकाले जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्न, खेलाडीको पहिचान तथा अवसरमा कुनै कमी नराख्ने समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले बताउनुभयो ।

नवनिर्वाचत अध्यक्ष किसानले क्रिकेटका नियमित अभ्यास, प्रतियोगितालाई आफ्नो कार्यकालमा प्राथमिकता दिएको बताउनुभयो । भेलामा जिल्ला खेलकुद विकास समितिका कार्यसमिति सदस्य विश्वास श्रेष्ठ, अविनाश बानियाँ र खेल प्रशिक्षक कर्ण प्रधान लगायतको उपस्थिती रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...