स्वर्गाश्रममा विश्व ध्यान दिवस मनाइयो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

भकिम्ली, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रममा आइतबार विबिध कार्यक्रम गरेर विश्व ध्यान दिवस मनाइएको छ ।
बेनी नगरपालिका वडा नं. ३ को कार्यालयको सहयोगमा नविन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा समुन्द्रि सतहदेखि दुई हजार पाँच सय मिटर उचाईमा रहेको स्वर्गाश्रममा ध्यान दिवस मनाइएको हो ।
दिवसको अवसरमा योग, ध्यानको नमुना प्रर्दशन, प्रवचन र नृत्य प्रस्तुत गरिएको थियो । दिवस मनाउनका लागि बेनी, गलेश्वर, तातोपानी, बाबियाचौर र दरवाङका योगी तथा स्थानीयबासीहरु स्वर्गाश्रममा भेला भएका थिए । कार्यक्रमका प्रमुख अतिथि बद्रीनाथ स्वामीले ध्यानको सुरुवात नेपालमा भएको र अहिले यसले विश्वब्यापी रुप लिएको बताउनुभयो ।


वातावरण, तन र मनलाई सन्तुलन बनाएर योग गर्नका लागि हिमालय पर्वत उपयुक्त थलो भएकाले पौराणीक कालमा देवी देवताहरुले ध्यान बस्न पहाडी क्षेत्रमा आएका बताउनुभयो । योग र ध्यान आधुनिक विश्वमा मानव जिवनका लागि आधारभूत आवश्यकता जस्तै बनेको बद्रीनाथ स्वामीले बताउनुभयो ।
अर्का स्वामी त्रीशक्तिनाथले स्वस्थ्य खानपान र सही संगतले मात्रै मानिस स्वस्थ्य रहन सक्ने बताउनुभयो । गलत आहार, ब्यवहार र संगतले मानव स्वास्थ्यमा असर परेको उहाँको भनाई थियो । योगी जमुना आचार्यले योग गर्न थालेपछि तनावबाट मुक्त र शरिरको अनावश्यक तौल घटेको अनुभव सुनाउनुभयो ।

Shreekrishna


नविन आनन्द योग केन्द्र नेपालका हरिप्रसाद पौडेलले परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको स्वर्गाश्रमलाई आधुनिक समाजमा ध्यान केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
अर्का योगी बलराम शर्माले योग र ध्यानको विषयमा रचना प्रस्तुत गर्नुभयो । योग प्रशिक्षक नविन जुग्जालीले योगअभ्यास गराउनुभएको थियो । धौलागिरि, अन्नपूर्ण हिमशृङखलाको सम्मुखमा रहेको स्वर्गाश्रम धार्मिक र पर्यटकीय हिसाबले सम्भावनायुक्त रहेको योगी कमलकुमारी पुनले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


आधारभूत पूर्वाधार तयार भएको स्वर्गाश्रमलाई ध्यान केन्द्रको रुपमा विकास गर्नका लागि प्रर्वद्धनका लागि ध्यान दिवस आयोजना गरिएको बेनपा –३ का वडा अध्यक्ष पदम पुनले बताउनुभयो । दुई सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ ।


सडक यातायात, विद्युत, खानेपानी सुविधा पुगेको स्वर्गाश्रममा योगी र भक्तजनको लागि आश्रयस्थल भवन, घेराबार, भान्छाकोठा निर्माण भएको स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष समेत रहेका वडा सदस्य रत्नबहादुर जिसीले बताउनुभयो । आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट दान सङ्कलन भएको थियो ।


सो दान र बेनी नगरपालिकाको सहयोगमा गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण भएको छ । स्वर्गाश्रमको दर्शन गरेमा अन्य पाँच पवित्र तीर्थस्थलको दर्शन र मनोकामना पूरा हुने जनविश्वाससमेत छ ।
स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ हरेक वर्षको वैशाख १ गते रथयात्रा गरिन्छ । स्वर्गाश्रमदेखि करीब ४० मिनेट पैदल दूरीमा रहेको बेलढुङ्गा र स्वर्गाश्रमलाई एकीकृतरुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयबासीले अग्रसरता देखाएका छन् ।


भकिम्लीको मुसुङ र बागलुङको काठेखोला गाउँपालिकाको ओखलेको सिमानामा प्राकृतिक भ्युटावरका रुपमा रहेको बेलढुङ्गालाई नयाँ गन्तब्य स्थलको रुपमा विकास गर्न पहल भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...