
काठमान्डौ, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले काठमाडौं १ बाट प्रत्यक्ष निर्वाचनतर्फ पशुपतिशमशेर राणासहित ४ र समानुपातिकमा प्रा. डा. जयन्तनाथ खनालसहित ६ जनालाई सिफारिस गरेको पुष्टि भएको छ ।
काठमान्डौ क्षत्र नं १ को क्षत्रिय समितिको वैठकले गत हप्ता नै उम्मेदवारको सिफारिस गरेको हो । क्षेत्रीय समित अध्यक्ष रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेको माइन्युटसहित सो निर्णय पार्टी सचिवालयमा दर्ता गरिएको क्षत्रिय समिति सदस्य विनोद दवाडीले जानकारी गराए ।
उनकाअनुसार क्षत्रले रविन्द्र मिश्रको नाम सिफारिस नगरेपछी कार्यकर्ताको उपेक्षाकाबीच मिश्रले समिती वाहिरको मान्छे वोलाएर आफ्नो नाम सिफारिस गर्न लगाएकाछन् ।

क्षत्रिय अध्यक्ष रामेश्वर श्रेस्ठले नमान्दा एउटा कापी किनेर आफ्नो नाम अरु कसैलाई लेख्न लगाएर सिफारिस भन्दै सामाजिक संजालमा भ्रम फैलाएको उनको आरोप छ ।

काठमान्डौ क्षत्र न १ का राप्रपाका कार्यकर्ता र क्षत्रिय र सवै वडा समितीका सदस्यहरुले मिश्रको गतिविधिप्रति आपत्ति जनाउँदै भेला आह्वान गरेकाछन् ।
उनीहरूले यो गैर जिम्मेवारी कार्यको प्रतिकार गर्ने चेतावनी दिएकाछन् ।
यसको लागि आजभोलिमै १ नं क्षत्रका सवै सकृय सदस्यहरू समेतको भेलाको तयारी गरिएको दवाडीले बताए ।
काठमाडौं १ बाट प्रत्यक्ष र समानुपातिकमा सिफारिस भएका उम्मेदवारीको माइन्युट यसैसाथ संलग्न छ।


