फागुन २१ को चुनाव राजनीतिक निकाशको प्रस्थानबिन्दु– उपसभापति वाग्ले

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्लेले नेपालको राजनीतिक अन्यौलता अन्त्य गरि देशलाई निकाश दिनका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचन सफल बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा उपसभापति वाग्लेले फागुन २१ गतेको चुनाव राजनीतिक निकासको प्रस्थानविन्दु भएको बताउनुभयो । “देशमा जति धेरै अन्यौलता हुन्छ त्यतीनै धेरै अर्थव्यवस्था र शाषणप्रणाली कमजोर हुन्छ,” उहाँले भन्नुभयो “जनताको परिवर्तनको चाहनालाई पुरा गर्न र राजनीतिक निकाश दिनका लागि चुनावको विकल्प छैन् ।”

Shreekrishna

विगतको सरकारको पुर्वाग्रहीका कारण कारागार चलान भएका सभापति अदालतको आदेशपछि थुनामुक्त भएर कारागार बाहिरै बसेर मुद्दा लड्ने अवसर पाएको बताउदै उहाँले रास्वपाले देशब्यापी चुनावी अभियान सञ्चालन गर्ने वाग्लेले बताउनुभयो ।

शुसासनको जगमा छोटो समयमा शिक्षा, स्वास्थ्य, अर्थनीति र सार्वजनिक खरिद सम्बन्धी नीतिलाई सुधार गरेर नागरिकलाई परिवर्तनको अनुभुति दिलाउने मुद्दा लिएर जनतामाझ जाने उहाँको भनाई थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

लोकतन्त्र स्थापनाका लागि प्रजातान्त्रिक र सामाजिक जागरण ल्याउन वामपृष्ठभूमिका राजनीतिक दलको योगदानप्रति सम्मान गर्दै तिब्र गतिमा आर्थिक, सामाजिक, पूर्वाधार विकास र शुसाषनको जनअपेक्षा पुरा गर्न रास्वपा वैकल्पिक राजनीतिक शक्तिको रुपमा अगाडी बढेको उहाँले बताउनुभयो ।

अदालत, संवैधानिक अंग, सुरक्षा निकाय र प्रशासन क्षेत्रमा राजनीतिक हस्तक्षेप हुँदा शुशासनमा असर परेकाले त्यसलाई हटाएर संवैधानिक अंगहरुलाई स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउनुपर्ने वाग्लेको भनाई थियो ।

केन्द्रिय लेखा विभाग सदस्य गोकुल सापकोटाले राजनीति जुवाखाल जस्तो च्याखे थाप्ने क्षेत्र नभएको बताउदै अन्याय सहेर नबस्न र मतमा बिद्रोह गर्न आग्रह गर्नुभयो । रास्वपाका म्याग्दी जिल्ला इञ्चार्ज अरविन तुलाचनले एमाले र काँग्रेसले सभापति रवी लामिछानेमाथी राजनीतिक प्रतिसोध साध्न शक्ति र सत्ताको आडमा दुःख दिएका आरोप लगाउनुभयो ।

केन्द्रिय सदस्य मोहन थापाले म्याग्दीबासीले राजनीतिक परिवर्तन, देशको आवश्यकता र वातावरणलाई बुझेर निर्णय गर्ने विश्वास गर्नुभयो । रास्वपा म्याग्दीका सभापति युवराज रोकाको अध्यक्षता र उपसभापति छवी आचार्यको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा एक सय ५० जना भन्दा बढी रास्वपा प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुमा अधिकांश रघुगङ्गा गाउँपालिका–२, ३ र मङ्गला गाउँपालिका–२ र ५ का थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...