
बेनी । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार उहाँलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो ।
तिवारीलाई मन्त्रालय तानेर म्याग्दीको सीडीओको रुपमा रवीन्द्र आचार्यलाई पठाइएको छ । उहाँ शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव हुनुहुन्छ । आचार्य सोमबारनै म्याग्दीमा हाजिर हुनुभएको छ ।
पर्वत घर भएका तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिव भएर काम गर्नुभएको थियो । तिवारी गत भदौको पहिलो हप्ता म्याग्दीमा सरुवा भएर आउनुभएको थियो ।
केही दिनअघि मात्रै विशेष अदालतमा दायर भएको भिजिट भिसा प्रकरणमा लेखकसहित तिवारीलगायतका व्यक्तिमाथि पनि छानबिन भएको अख्तियारले बताएको थियो ।

