मुदीखोला जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण सुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण शुरु भएको छ ।

म्याग्दी र गुर्जाखोलाको दोभानमा शुक्रबार धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष यामबहादुर घर्तिले पहुँचमार्ग निर्माण कार्यको सूरुवात गर्नुभयो । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रर्वद्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ ।
यो सडकबाट अर्चे र नेरवाङ गाउँ यातायात सञ्जालमा जोडिनेछ । प्रर्वद्ध कम्पनीका सम्पर्क व्यक्ति राम केसीले विद्युतगृह देखि बाँध रहने स्थानसम्म पहुँचमार्ग पु¥याएपछि सिभिल ठेकेदार मार्फत बाँध, सुरुङ र विद्युतगृह निर्माण थालिने जानकारी दिनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“पहुँचमार्ग निर्माणसँगै वित्तीय ब्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनौटको कामलाई पनि समानान्तर हिसाबले अघि बढेको छ,” उहाँले भन्नुभयो “सुरुङ निर्माणमा आवश्यक पर्ने बिस्फोटक पदार्थ भण्डारण र सुरक्षाका लागि आयोजना स्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माण पनि सुरु गर्ने तयारी छ ।”

अर्चेको फेदीमा बाँध, गुर्जा र म्याग्दी नदीको दोभानमा विद्युतगृह रहने आयोजनाको चार किलोमिटर सुरुङ रहनेछ । विद्युत खरिद बिक्री सम्झौता भइसकेको आयोजनाले विद्युत विकास विभागबाट जेनेरेशन अनुमति पत्र पाइसकेको छ । बाँध र विद्युतगृहको हेड तीन सय ३७ मिटर रहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट रु. १६ करोड अनुमान गरिएको केसीले बताउनुभयो ।

रन अफ द रिभर (नदी प्रवाह)मा आधारित यस आयोजनाबाट उत्पादीत विद्युत नेपाल विद्युत प्राधिकरणले डाडाखेतमा निर्माण गरेको १३२ केभीए क्षमताको सवस्टेशन मार्फत केन्द्रिय प्रणालीमा आवद्ध गराइनेछ । दोभान देखि डाडाखेत सम्म म्याग्दी र सहायक नदीमा निर्माणाधिन अन्य आयोजनाहरुसँग पनि साभेदारी गरेर आठ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिने भएको छ ।

धवलागिरी गाउँपालिका–४ को भुगोल भएर बग्ने नदीहरुमा मुदीखोला बाहेक ५३ दशमलब पाँच मेगावाट क्षमतको अपर म्याग्दी–१, ४६ दशमलब २५ मेगावाटको अपर म्याग्दी जलविद्युत आयोजना निर्माणाधिन छन् । ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले जेल्तुङ देखि दोभानमा रहने बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरेको वडा अध्यक्ष घर्तिले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...