
बेनी । बेनीमा शुक्रबार जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
लिटल गार्डेन एकेडेमीले २२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए ।

आयोजक विद्यालय प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय मावि दोस्रो र गलेश्वर आदर्श आवासीय मावि तेस्रो भएका विद्यालयले जनाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बिदुर शर्मा चापागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

शुक्रबारदेखि विद्यालयका विद्यार्थीहरुबीच आन्तरिक, बाह्य र अभिभावकहरुबीच विभिन्न खेलकुद, सांस्कृतिक र शैक्षिक कार्यक्रम गरेर २२ औ वार्षिकोत्सव मनाउन थालिएको प्रिन्सीपल दिपक सुवेदीले बताउनुभयो । हरेक वर्ष पुष १ गते वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने गरेको छ ।

