बेनी नगरपालिका बन्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको च्याम्पीयन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, बेनीमा शुक्रबार सम्पन्न ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका बिजयी भएको हो । आठ स्वर्ण, पाँच रजत र तीन कास्य पदक जितेको अन्नपूर्ण गाउँपालिका दोस्रो भएको समितिका सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गत वर्षको बिजेता रघुगङ्गा गाउँपालिका छ स्वर्ण, १२ रजत र १० कास्य पदक सहित तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । दुई दिनसम्म सञ्चालन र छ वटा स्थानीय तह सहभागी प्रतियोगिताको बिजेताले रनिङ्ग शिल्ड, ट्रफी र मेडल सहित नगद रु. २० हजार प्राप्त गरेको छ ।
दोस्रोलाई रु. १५ हजार र तेस्रोलाई रु. १० हजार तथा विधागत रुपमा प्रथम हुने पालिका र उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको छ । पुर्व उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

भलिबल, कवड्डी, एथलेटिक्स, कराते र तेक्वान्दो बिधाका४२ वटा खेलमा चार सय ५० जना खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भाग लिनका लागि ९८ जना खेलाडी छनौंट हुने भएका छन् ।

स्थानीय तहबाट छनौट भएका खेलाडीहरु मध्यबाट प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडी छनौटका लागि प्रदेश र संघीय सरकारले बजेट बिनियोजन नगरेपनि समितिले आफै स्रोत जुटाएर जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...