
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाईलाई स्थानीय एक परिवारले निशूल्क जग्गा उपलब्ध गराउनु भएको छ ।

दुई रोपनी छ आना दुई पैसा क्षेत्रफलको जग्गा स्वास्थ्य इकाईलाई उपलब्ध गराउनुभएका डाडागाउँ घर भई हाल बेलायत बसोबास गर्नुहुने मिमबहादुर बुढाथोकी र उहाँकी श्रीमति रेशममायालाई बुधबार सम्मान गरिएको छ ।
वडा अध्यक्ष मोतिप्रसाद बुढाले बुढाथोकी परिवारले उपलब्ध गराएको जग्गाको चलनचल्तीको मूल्य करिब रु. १८ लाख रहेको बताउनुभयो । बुढाथोकी परिवारले उपलब्ध गराएको जग्गामा स्वास्थ्य इकाईको भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको र प्रसुतिगृहको भवन निर्माण अन्तिम चरणमा पुगेको वडा अध्यक्ष बुढाले बताउनुभयो ।

