गुर्जा र धौलागिरि हिमालको काँखमा रहेको मुदी पाहुनाको पर्खाइमा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

मुदी, ः पृष्ठभूमिमा गुर्जा र धौलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरु । ग्रामिण जिवनशैली । हिउँदमा बेशी र बर्खामा लेक जाने पशुका घुम्ति गोठहरु । चिटिक्क परेका गल्लीहरु । कर्नासेमा मकैको झोता झुण्डाएका घरहरु ।

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने मुदी गाउँ रमणीय र मनमोहक छ । मगर समुदायको बाहूल्य बसोबास रहेको मुदी प्रकृति र संस्कृतिको संगम हो । हिमशृङखला, पहाडी भुगोल, ग्रामिण जिवनशैलीमा रमाउन सकिने मुदी पाहुना र पर्यटकको पर्खाइमा रहेको वडा अध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो ।

“संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाल यही मुदी गाउँ समेटिएको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ को भूगोलमा पर्छ,” उहाँले भन्नुभयो “प्रचारप्रसारको कमीले ओझेलमा परेको मुदीमा पर्यटन पूर्वाधार निर्माण र विस्तारसँगै प्रर्वद्धनमा जुटेका छौ ।”

Shreekrishna

नेपाल पंक्षीविद् संघले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालीजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी बिराट रजकका अनुसार एक वर्षअघि भएको अध्ययनका क्रममा मुदीमा तीन र दरमा सात जोडी चिरकालीज भेटिएका थिए ।

मुदी गाउँभित्रका गल्लीहरुमा सरसफाई, ढल व्यवस्थापन र ढुङ्गा बिछ्याएर चिटिक्क पारिएको छ । मुदी गाउँ र हिमाल अवलोकनका लागि वडा कार्यालय परिसरको डाडाँमा भ्यु पोइन्ट (दृष्य अवलोकन) स्थल बनाइएको छ ।

भ्यु पोइन्ट वरपरको पदमार्गमा रेलिङ राखिएको छ । करिब ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने थलडाडाँबाट हिमालका अलावा छिमेकी बस्तिहरु, नागबेली परेर बगेको म्याग्दी, गुर्जा र दरखोला र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

समुन्द्रि सतहदेखि दुई हजार पाँच सय मिटरमा अवस्थित मुदीका अधिकांश घरहरु परम्परागत शैलीका ढुङ्गे छन् । मुदीका करिब दुई सय ५० मध्य २० घरपरिवार दलित र तीन परिवार गुरुङका छन् । मगर समुदायको सांस्कृतिक पहिचान पुरख्यौली, मादले, मारुनी नाच, यानीमाया, सालैजो गितले पाहुनालाई स्वागत गर्ने चलन छ ।

मुदी देखि धौलागिरि चक्रीय र गुर्जा हिमाल पदयात्रामा जान सकिन्छ । यहाँको लेकमा बैशाख जेठमा यार्सागुम्बा र असोज कात्तिकमा च्याउ टिप्ने चलन छ । फिरन्ते शैलीमा घुम्ती गोठमा गाईभैसीपालन गर्ने गोठालाहरुको दिनचार्य र जिवनशैली अध्ययन गर्न सकिन्छ ।

म्याग्दीको जिल्ला सदरमुकाम बेनी देखि बेनी देखि गाडीमा तीन घण्टा र मोटरसाइकलमा दुई घण्टा यात्रा गरेपछि मुदी पुगिन्छ । बेनी देखि ४७ किलोमिटर दुरीमा रहेको मुदीका लागि जाने आउने जिप चल्छन् ।

मुदीमा पाहुना र पर्यटकलाई लक्षित गरेर होमस्टे (घरबास) सञ्चालन भएको छ । होमस्टेका सञ्चालक गौबहादुर राम्जालीले सडक यातायातको पहुँच, गाउँको फेदी भएर बग्ने गुर्जा र म्याग्दी नदीमा जलविद्युत आयोजनाहरु निर्माण हुन थालेपछि पाहुना आउन थालेका बताउनुभयो ।


“पाहुनाहरुलाई घरायसी वातावरणमा खाने बस्ने व्यवस्था मिलाउनका लागि आठ÷दश वर्ष अघि बनाएर प्रयोगमा नआएको घरमा आधारभूत पूर्वाधार बनाएर होमस्टे चलाएको हो,” उहाँले भन्नुभयो “लोकल कुखुरा, खसीबोकाको मासु, च्याउ, टुसाको तरकारी, सिमीको दाल, कोदो, फापरको ढिँडोको स्वाद चखाउने गरेको छु ।”

उक्त होमस्टेमा एक दिनमा २० देखि ३० जना सहजै बास बस्न सक्छन् । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मुदी, मुना क्षेत्रमा रेडपाण्डा, चिरकालिज जस्ता दुर्लभ वन्यजन्तु र पंक्षीहरु पाइने भएकाले पर्यापर्यटनको हिसाबले पनि सम्भावना देखिएको बताउनुभयो ।

मुदीको पर्यटन विकासका लागि पूर्वाधार निर्माणसँगै धौलागिरि आरोहण दिवस हिमाल भएको वडा मुदीमै मनाउन नेपाल पर्यटन बोर्ड र सम्बद्ध गैरसरकारी संस्थाहरुलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...