बेनी सामुदायिक माविका निवर्तमान प्रअ दिपक श्रेष्ठको नागरिक अभिनन्दन् सहित विदाई

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। बेनी सामुदायिक माविका निवर्तमान प्रअ दिपक श्रेष्ठको बिहिबार नागरिक अभिनन्दन सहित विदाई गरिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बेनी सामुदायिक माविको व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थी, पुर्व विद्यार्थी र अभिभावकहरुले श्रेष्ठलाई बाजागाजासहित बजार परिक्रमा गराएर अभिनन्दन गरेर बिदाइ गरेका हुन् ।
बिहीबार विद्यालयले आयोजना गरेको बिदाई कार्यक्रममा नौमती बाजासहित शिक्षक, अभिभावक र विद्यार्थीले श्रेष्ठलाई गाडीमा राखेर बजार परिक्रमा गराएका थिए । बजार परिक्रमा क्रममा बजारवासीले शिक्षक श्रेष्ठलाई फूलमाला, अविर र खाँदा लगाएर नागरिक अभिनन्दन समेत गरे ।
२०६७ देखि २०६९ सम्म प्राचार्य र २०६९ देखि २०८२ मङिसर १७ सम्म प्रधानाध्यापक भई विद्यालयको शैक्षिक विकासमा योगदान गरेकाले श्रेष्ठलाई सम्मान पूर्वक र नागरिक अभिनन्दन सहित बिदाई गरिएको व्यवस्थापन समितिका अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।
बिदाइ कार्यक्रममा बजारवासीको समेत सहभागिता रहेको थियो । विद्यालयले गाडीमा चढाएर बाजागाजासहित बेनी नगरपालिका ८ स्थित संगमचोकमा रहेको श्रेष्ठको घरमा पु¥याइएको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेको बेनी सामुदायिक मावि देशभरका विद्यालयहरुको लागि अध्ययन र भ्रमण गर्ने थलोका रुपमा विकास भएको छ ।
२०११ सालबाट अस्थायी रूपमा सञ्चालित विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो। २०६३ सालदेखि माध्यमिक तहको परीक्षामा सहभागिता जनाएको विद्यालयले हरेक वर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...