बालमन्दिर माविमा झलप्रसाद गौचनको स्मृति कोष स्थापना

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर माविमा स्व. झलप्रसाद गौचनको स्मृतिमा अक्षयकोष स्थापना भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गत वर्ष दिवंगत हुनुभएको बेनीको शिक्षामार्ग निवासी गौचनको स्मृतिमा उहाँका परिवारले अक्षयकोष स्थापना गर्न बुधबार रु. एक लाख एक हजार एक सय ११ सहयोग गर्नुभएको छ ।

गौचनका श्रीमति रामकुमारी गौचन र छोरा क्याप्टेन केशवप्रसाद गौचनले विद्यालयमा आयोजित एक कार्यक्रमका बीच रकम हस्तान्तरण गर्नुभएको प्रअ सुरेन्द्रप्रसाद केसिले जानकारी दिनुभयो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसी, वडा नं.–८ का अध्यक्ष उत्तम कर्माचार्य लगायतको उपस्थितिमा रकम हस्तान्तरण गर्नुभएको थियो । विद्यालयले सहयोगदाता गौचन परिवारलाई धन्यवाद सहित सम्मान गरेको छ । कार्यक्रमको सञ्चालन सहायक प्रअ गिता सुवेदीले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...