जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी कर्मचारी, न्याधिक समितिका मेलमिलापकर्ता, राजनीतिकर्मी, युवा क्लव, आमा समूह लगायत सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवत्ता चिरञ्जिवी शर्मा पौडेलले नेपालमा विद्यमान सामाजिक समस्याको रुपमा रहेको सुशाषन कायम गर्न जिम्मेवारी, जवाफदेही र पारदर्शीताको आवश्यकता देखिएको बताउनुभयो ।

Shreekrishna

“हिंसा, असहिशुणता, संर्किणता, साघुरो सोचाई, जातीय र राजनीतिक विभाजनसँगै भ्रष्ट्र आचरण सामाजिक चुनौति बनेका छन,” उहाँले भन्नुभयो “इतिहाँस, संस्कार, संस्कृति बचाउनुपर्ने, सहअस्तित्व, सहकार्य, क्षमतावानलाई अवसर, आफ्नो बिचारको देवत्वकरण र अरुलाई राक्षशिकरण गर्ने, घृणा र हेयको ब्यवहार गर्ने आचरण त्याग्नुपर्छ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सामाजिक अनुशाषन र मर्यादाभित्र रहेर जातीय लैङ्गिक विभेद हटाउनुपर्ने पौडेलको भनाई थियो । गण्डकी प्रदेशमा गाँजा खेती र घरेलु मदिरालाई बैधता दिने कानुन निर्माण अन्तिम चरणमा पुगेको न्याधिवत्ता पौडेलले बताउनुभयो । प्रदेश सरकारले गरेका नीतिगत काम र गतिबिधीको बारेमा नागरिकलाई जानकारी गराउने उद्देश्यले समुदायसँग न्याधिवत्ता कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवति र सुत्केरीलाई निशूल्क यातायात सेवा उपलब्ध गराउन थालेपछि पछिल्लो एक वर्षयता जलजला गाउँपालिकामा घरमा प्रसुति हुनेको संख्या शुन्यमा झरेको बताउनुभयो ।

लागु औषध दूब्र्यसनीका विषयमा नागरिक तहमा सचेतना आवश्यक रहेको उहाँले बताउनुभयो । जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले मदिराको अब्यवस्थित र अधिक प्रयोग न्युनीकरणका लागि पहल गरिएको बताउनुभयो । पलास्टिकको पोकामा पाइने कम गुणस्तरका मदिराको बिक्री वितरणमा रोक लगाइएको बताउनुभयो ।

सह न्याधिवत्ता खेमराज पाठकले लागु औषध दुब्र्यसनीको अवस्था, समस्या र समाधानका उपायका विषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जलजला गाउँपालिकाका न्यायिक सहजकर्ता जीवन मल्लले गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...