रघुगङ्गाको राष्ट्रपति रनिङ शिल्ड मुक्तिधामले जित्यो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा आइतबार सम्पन्न गाउँपालिकास्तरीय छैटो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भगवतिको मुत्तिधाम मावि विजयी भएको छ ।
११ वटा स्वर्ण, चार रजत र दुई कास्य गरि १७ वटा पदक जितेको मुक्तिधामले नगद रु ६० हजार पुरस्कारसहित रनिङ शिल्ड प्राप्त गरेको छ । मुक्तिधामले पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि जितेको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


नै स्वर्ण, आठ रजत र दुई कास्य सहित १९ पदक जितेको अमर मावि पाखापानीले दोस्रो हुदै नगद रु. ४० हजार नगद पुरस्कार प्राप्त गरेको थियो । तेस्रो भएको रघुगङ्गा मावि पिप्लेले चार स्वर्ण, ११ रजत र तीन कास्य गरि १८ पदक जित्दै नगद रु. ३० हजार पुरस्कार प्राप्त गरेको छ ।

Shreekrishna


१२ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । भलिबल, एथलेटिक्स र कबड्डी विद्यातर्फ छात्र र छात्राहरूको ३० वटा बिधामा प्रतियोगिता सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो ।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत पौडेल, कार्यपालिका सदस्य होमबहादुर बिक लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...