
म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका दुई जना दिर्घसेवी शिक्षकको सोमबार सम्मपूूर्णक बिदाई गरिएको छ ।
तीन दशकभन्दा बढी समय अध्यापन गराउनुभएका सेवानिवृत्त शिक्षक ठाकुुरप्रसाद पौडेल र कर्णनाथ सुवेदीको अविरजात्रा सहित सम्मान गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधीकारी, जनप्रतिनिधी, शिक्षक, विद्यार्थी र अभिभावकहरुले शिक्षकद्धयलाई अविरको टिका र फुलको माला लगाएर सम्मान गरेका थिए ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का अध्यक्ष देवेन्द्र रोका, कार्यपालिका सदस्य तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुुढाथोकी, शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदी, प्रअ सेरबहादुर केसी, लगायतको उपस्थितिमा विदाई कार्यक्रम गरिएको थियो ।


अविरले रंगिएको शिक्षकदयको गला मखमली फुुलको मालाले भरिएको थियो । बिदाईमा उपस्थितिले भावुुक हुुदै अबिरको टिका र फुलको माला लगाएका थिए । हेम नमुना माविका पुुर्व विद्यार्थी समेत रहेका गाउँपालिकाका अध्यक्ष पुनले शिक्षकद्धय पौडेल र सुवेदीले शैक्षिक क्षेत्रमा महत्पूर्ण योगदान पु¥याउनुभएको चर्चा गर्नुभयो ।
मावि तहका सामाजिक विषय शिक्षक पौडेलले हेम माविमा ३६ वर्ष आठ महिना अध्यापन गराउनुभएको छ । वि.स. २०३९ मा धवलागिरी गाउँपालिका १ गुर्जाको जनकल्याण माविबाट अध्यापन शुरु गर्नुभएका पौडेलले जनविकास मावि मराङ, जनप्रिय मावि दरवाङ हुुदै वि.स. २०४५ माघ १ गतेदेखि हेम माविमा अध्यापन गराउदै आउनुभएको थियो ।
३० वर्ष चार महिना हेम माविमा शिक्षण गर्नुभएका निमावी तह शिक्षक सुवेदीले वि.स. २०४६ पुुष १ गते मुदीको तत्कालीन वुद्धी विकास प्राविबाट अध्यापन पेशा आरम्भ गर्नुभएको थियो । पौडेल र सुवेदी धवलागिरी गाउँपालिका ७ ताकम निवासी हुनुुहुन्छ ।
हेम नमुुना आवासीय मावि धवलागिरी गाउँपालिकाको पुरानो माध्यमिक विद्यालय हो । तत्कालीन गुर्जा, लुलाङ, मुना र मुदी गाविसमा माध्यमिक विद्यालय नहुँदा त्यहाँका विद्यार्थीहरु पनि हेम माविमा पढ्न आउने गर्दथे ।

