गरिमा विकास बैंकको वार्षिकोत्सवको अवसरमा बेनीमा रक्तदान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः गरिमा विकास बैंकले आफ्नो १९ औं बार्षिकोत्सवको अवसरमा आइतबार बेनीमा बृहत रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राविधिक सहयोगमा आयोजना भएको कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारणले रक्तदान गरेको गरेका थिए ।

बैंकका पूर्व सञ्चालक एवम् बेनी नगरपालिकाका संस्थापक मेयर हरिकुमार श्रेष्ठले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गर्नुभयो । वित्तिय कारोबारसँगै बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगतका शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताउनुभयो ।

Shreekrishna

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

रक्तदान कार्यक्रमको अध्यक्षता संस्थापक सञ्चालक सदस्य श्रेष्ठ, स्वागत क्षेत्रीय कार्यालय बेनीका प्रमुख कमलप्रसाद ढुंगाना र सञ्चालन बेनी शाखाका शाखा प्रबन्धक ओमप्रकाश पौडेलले गर्नुभएको थियो । बैंकको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा रहेको छ ।

वार्षिकोत्सवको अवसरमा मालिका गाउँपालिका १ निस्कोटमा रहेको स्वास्थ्य चौकीलाई सरसफाई सामग्री उपलब्ध गराएको बैंकले जनाएको छ । बेनी सहित देशका विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट छ सय दुई युनिट रगत सङ्कलन भएको हो ।

यसैगरी देशका विभिन्न १६ स्थानका विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिनलगायत सामग्री वितरण गरिएको उनले जानकारी दिए । मातातीर्थ वृद्धाश्रम समिति, चन्द्रागिरि, काठमाडौँलाई खाद्यान्न सामग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरणसमेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरेको रेग्मीको भनाइ छ ।

त्यसैगरी, ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ विकास बैंकले शनिबार गरिमा रोड रेस अन्तर्गत एक हजारभन्दा बढी धावकको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई आगामी दिनमासमेत प्राथमिकतामा राखी निरन्तरता दिने र रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...