
बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा रहेको सारदा हिमालयन आधारभूत विद्यालयका विद्यार्थीलाई एक परिवारले शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्नुभएको छ ।
फलातेमा जन्मिएर हाल भुरुङ्ग–तातोपानीमा बसोबास गर्नुहुने अन्नपूर्ण गाउँ कार्यपालिकाका सदस्य बिरबहादुर पौडेल (राम) को परिवारले आइतबार शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्नुभएको हो ।
२० जना विद्यार्थीलाई कापी, कलम र न्यानो कपडा वितरण गर्नुभएको थियो । सोही अवसरमा फलातेको आमा समूहलाई नगद रु. दश हजार पनि सहयोग गर्नुभएको छ ।

