मुक्तिनाथ सहकारीको १८ औ साधारणसभा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका १८ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

साधारणसभाले संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२ को प्रगति, आर्थिक, लेखा परिक्षण र विभिन्न उपसमितिको प्रतिवेदन तथा चालु आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गरेको छ ।

कोषाध्यक्ष चिरञ्जिवी बोगटीले गत वर्ष रु. पाँच करोड तीन लाख २८ हजार १३ आम्दानी, रु. चार करोड ३३ लाख ६१ हजार एक सय ६० खर्च र रु. ६९ लाख मुनाफा भएको जानकारी दिनुभयो ।
यस वर्ष रु. पाँच करोड ८५ लाख आम्दानी, रु. चार करोड ४२ लाख ९४ हजार चार सय ६५ खर्च र रु. एक करोड ४२ लाख ५६ हजार मुनाफा गर्ने लक्ष्य राखेको छ । रु. ३४ करोड २५ हजार पाँच सय ४९ बचत र रु. ३२ करोड ४६ लाख लगानी गरेको संस्थाले एक वर्ष भन्दा बढी समय नाघेका कर्जालाई घटाउन जोड दिएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

धितो मुल्याङ्कन उपसमितिका संयोजक टेकप्रसाद सापकोटाले कर्जाको बर्गीकरण गरि खराब कर्जाको असुल र चुक्ता नगर्नेको लिलाम प्रक्रीया अघि बढाइने बताउनुभयो । सहकारीका अध्यक्ष लीलाराम गौतमले प्रतिकुल अवस्थामा पनि बचत र ब्याज लिन आउनेलाई तुरुन्तै फिर्ता गर्ने अवस्थामा रहनु मुक्तिनाथ सहकारीको पहिचान भएको बताउनुभयो ।

सचिव कृष्णप्रसाद बरुवालले सेयर सदस्यहरुको विश्वास जितेर कारोबारलाई प्रबिधिमैत्री र प्रतिस्पर्धी बनाइने बताउनुभयो । कृषि र लघुउद्यममा आधारित व्यवसायी सेयर सदस्यलाई सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने र सेयर सदस्य दुर्घटना भई निधन भएमा निजको परिवारलाई हितकोषबाट सहयोग गर्ने ब्यवस्था मिलाएको बताउनुभयो ।

लेखा तथा सुपरीवेक्षण समितिका संयोजक नारायणप्रसाद सुवेदी, शिक्षा उपसमिति संयोजक कोमलप्रसाद उपाध्यायले पनि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष दण्डपाणी सापकोटाले स्वागत गर्नुभएको थियो । भने सल्लाहकार देवेन्द्रबहादुर कटुवालले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । जेष्ठ सेयर सदस्य इन्द्रबहादुर केसी साधारणसभाको प्रमुख अतिथि हुनुहुन्थ्यो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...