अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकहरुलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ ।

मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो । किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति लिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. सात लाख ५० हजार बजेट बिनियोजन भएको कार्यक्रम मार्फत भेडाबाख्रा र गाईभैसीपालक किसानले सुविधा पाउनेछन् । भेडाबाख्राको हकमा कम्तिमा १५ वटा माउ र गाईभैसीको हकमा कम्तिमा तीन वटा र वार्षिक एक हजार लिटर दूध बिक्री गर्नुपर्ने मापदण्ड रहेको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

लघु उद्यमीलाई वार्षिक रु. १२ हजार, साना उद्यमीलाई रु. १८ हजार, मझौला उद्यमीलाई रु. २५ हजार र व्यवसायिक कृषकलाई रु. ३५ हजारका दरले प्रोत्साहन रकम वितरण गरिने कार्यबिधी रहेको छ ।

कार्यक्रममा आवद्ध हुन चाहने किसानहरुलाई आगमी मंसिर ३ गतेभित्र गाउँपालिका अथवा वडा कार्यालयमा प्रस्ताव पशे गर्न अनुरोध गरिएको छ । चालु आर्थिक वर्षमा तीस जना किसानहरुलाई उत्पादनमा आधारित अनुदान वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ । पहिलो पटक कार्यान्वयन हुन लागेको यो कार्यक्रमको प्रभावकारीता हेरेर आगामी वर्ष थप बजेट ब्यवस्थापन गरिने अध्यक्ष पुनले बताउनुभयो ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाले यस वर्ष भकारो सुधारका लागि रु. १० लाख, घुम्ति गोठका लागि आवश्यक सामग्री उपलब्ध गराउन रु. तीन लाख र माछामासु तथा डेरी पसल निर्माण एवम् सुधारका लागि रु. चार लाख बजेट बिनियोजन गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...