धवलागिरि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

ताकम ः धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि अन्तर माध्यमिक विद्यालय पालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

धवलागिरी गाउँपालिकाको आयोजनामा तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा विद्यालयका विद्यार्थीहरुबीच एथलेटिक्स र भलिबल बिधाको २८ वटा खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको बिजेता हुने विद्यालयले नगद रु. ६० हजारको साथमा रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । दृतीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ४० हजार र ३० हजार प्रदान गरिनेछ् ।

Shreekrishna


प्रतियोगिताको उद्घाटनपूर्व सहभागी विद्यालयहरुबीच गरिएको मार्चपासमा धनजनता माध्यमिक विद्यालय फलियागाउँ मुना प्रथम भई नगद रु. १० हजार पुरस्कार जितेको छ । एक हजार पाँच सय मिटर दौडको छात्रातर्फ साविक बिजेता धनजनता माविकी समिक्षा भण्डारी र छात्रतर्फ ताकम माविका सफल पुनले स्वर्ण पदक जितेका छन् ।

छात्रातर्फ जनकल्याण मावि गुर्जाकी सुस्मिता छन्त्यालले रजत र हेम नमुना आवासीय माविकी सिर्जना परियारले कास्य पदक जितेका छन् । छात्रतर्फ एक हजार पाँच सय मिटर दौडमा हेम नमुना आवासीय माविका भुवन थापाले रजत र धनजनता माविका बबिन शेरपुञ्जाले कास्य पदक जितेका धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले बताउनुभयो ।


प्रतियोगिताको सबै बिधामा प्रथम हुने खेलाडीलाई धवलागिरी गाउँपालिका–३ फलीयागाउँका रेशम भण्डारीले व्यक्तिगत रुपमा नगद रु. तीन हजारका दरले पुरस्कार प्रदान गर्नुभएको छ । यसैगरी एथलेटिक्स र भलिबलको छात्राछात्र तर्फ उत्कृष्ट हुने चार जनालाई हाल अस्टे«लीयामा रहेका धवलागिरी गाउँपालिकाका पूर्व कर्मचारी आस्विन खत्रीले रु. दुई हजार पाँच सयका दरले नगद पुरस्कार उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य जुग्जालीले खेलकुदको कुनै जात, धर्म र राजनीति नहुने भएकाले यसबाट एकापसमा सहकार्य र एकताको भावना विकास हुने बताउनुभयो । उहाँले खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीहरु भर्खरै उम्रँदै गरेको विरुवा भएकाले अनुशासित र सक्रियतापूर्वक खेल प्रदर्शन गर्नुपर्ने बताउँदै स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई चिनाउनको लागि अहिलदेखि नै उत्कृष्ट खेल प्रदर्शनलाई जोड दिनुपर्ने बताउनुभयो ।

default

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले चाडपर्वको अवसरमा १०–१५ दिनसम्म मेलाजात्रा र खेलकुद प्रतियोगिता सञ्चालन गर्ने चलन हटाएर व्यवस्थित रुपमा दुई÷तीन दिनमै सक्ने वातावरण बनाउन युवा क्लवहरुलाई आग्रह गर्नुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पालिकामार्फत नयाँ खेलाडीहरु उत्पादन, खेलकुद क्षेत्रको विकास र वृद्धिसँगै प्रतिभा पहिचान गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने उहाँले गरिएको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले अनुशासनलाई विशेष ध्यान दिएर खेलाडी विद्यार्थीहरुले आफ्नो खेलको कला प्रदर्शन गर्नुपर्ने तथा प्रतियोगितामार्फत नयाँ प्रतिभाको उजागर गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले समाजमा खेलकुदमैत्री वातावरण निर्माण गर्नु, युवाहरुलाई खेलकुदमा आकर्षित गराउनु र जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने खेलाडीहरु उत्पादनमा राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताहरुले सहयोग पु¥याउने बताउनुभयो ।

धवलागिरि गाउँपालिका–३ नम्बर वडाका वडा अध्यक्ष देवेन्द्र रोकाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ख्यामराज सुवेदीको सञ्चालन र ७ नम्बर वडा अध्यक्ष अशोक खत्रीको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा ताकम माविका महिला शिक्षकहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । खेलमैदान परिसरमा ताकम माविको प्राविधिक धारतर्फ इलेक्ट्रिकल इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुले तयार पारेको विद्युत प्रशारण लाइनको नमुना प्रर्दशनी गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...