‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।

यही कात्तिक १० देखि १५ गतेसम्म भएको झरि र हिमपातका कारण स्थानीय प्रशासन र अन्नपूर्ण गाउँपालिकाले उक्त पदमार्ग भ्रमणमा रोक लगाएका थिए । मौसममा सुधार भएपछि पदमार्ग पुनःसञ्चालन भएको अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले जानकारी दिनुभयो ।

“चिसो बढेपनि पर्यटक आगमन रोकिएको छैन,” उहाँले भन्नुभयो “पदमार्ग भ्रमण खुला भएपछि पर्यटकको चहलपहल बढेको छ ।” छोटो अवधीमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहासिक यात्रामा रुची राख्नेहरुको लागि अन्नपूर्ण हिमालको आधार शिविर नयाँ गन्तब्यको रुपमा विकास भएको छ ।

Shreekrishna

फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङको पञ्चकुण्ड ताल हुदै चार हजार एक सय ९० मिटर उचाईमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको आधार शिविर पुगेर फर्कन सकिन्छ ।
नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि.स. २०७७ मा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामाकरण गरेको थियो ।

गत बसन्त यामदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साघीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर ५०÷५० जना क्षमताको होटल सुरु गरेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा स्थायी भौतिक संरचना निर्माणका लागि प्रक्रीया पुरा गरेर सरकारको अनुमति लिनुपर्छ । भुसकेतका होटल ब्यवसायी माइकल पुनले काठ, त्रिपाल, जस्तापाताको टहरा, तथा टेन्टमा पर्यटकलाई राख्ने गरिएको बताउनुभयो ।

“एक्यापले ५० जना पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको छ,” उहाँले भन्नुभयो “पर्यटकको सहज ब्यवस्थापनका लागि बुकीङ गरेर भ्रमणमा आउन अनुरोध छ ।”

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...