
बेनी ः म्याग्दीको मंगला गाउँपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बरंजाको महेन्द्ररत्न माविले जितेको छ ।
लाम्पाटामा शनिबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र तीन कास्य गरि कुल १९ वटा पदक सहित महेन्द्ररत्न मावि च्याम्पीयन भएको हो । महेन्द्ररत्नले गत वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड पनि जितेको थियो ।
सात स्वर्ण, सात रजत र छ कास्य सहित २० वटा पदक जितेको बाबियाचौरको मङ्गला मावि दृतीय र पाँच स्वर्ण, दुई रजत र पाँच कास्य सहित १२ पटक जितेको अर्मनको शिशूकल्यण मावि तृतीय भएको मङ्गला गाउँपालिकाका शिक्षा अधिकृत डिल्लीरमण सुवेदीले जानकारी दिनुभयो ।



डनिङ आवासीय माविले तीन स्वर्ण, पाँच रजत र दुई कास्य, दिपशिखा माविले दुई स्वर्ण, चार रजत र चार कास्य, शारदा माविले दुई स्वर्ण, तीन रजत र छ कास्य, राष्ट्रिय जनजागृति माविले एक स्वर्ण र एक रजत, त्रिभुवन मंगला माविले दुई रजत र दुई कास्य तथा शिद्धशान्ति माविले दुई वटा कास्य पदक जितेका छन् ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटनमा प्रर्दशन गरिएको मार्चपासमा मंगला मावि सर्वोकृष्ट भएको थियो । एथलेटिक्समा छात्रतर्फ तीन स्वर्ण र एक रजत पदक दिलाएका महेन्द्ररत्न मावि बरंजाका विकेक नेपाली र तीन वटा स्वर्ण पदक दिलाएकी शिशुकल्याण माविका थमसरा रोका छात्रातर्फ उत्कृष्ट खेलाडी घोषणा गरिएको छ ।
भलिबलको छात्रतर्फ शिशूकल्याणका हेमन्त बुढाथोकी, छात्रातर्फ मंगला माविकी सन्जिला किसान, कवड्डीमा छात्रामा मंगलाका बिना सापकोटा र छात्रमा महेन्द्ररत्नका बिकल बुढालाई उत्कृष्ट घोषणा गरिएको छ ।
प्रतियोगितामा मङ्गला गाउँपालिकामा रहेका नौ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० वटा इभेन्ट्मा प्रतिस्पर्धा भएको थियो । बिजेता विद्यालयलाई नगद रु. ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमश ः नगद रु. ३० हजार र रु. २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

