
बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रीयामै अल्झिएको छ ।
तिब्र रुपमा बस्ति विकास भइरहेको पालिकाको केन्द्र बाबियाचौरमा मापदण्ड पुग्ने जग्गा निशूल्क दिन नसक्नु, सरकारी दररेट अनुसार उपलब्ध गराउन रुची नदेखाउनु, विवाद, समन्वयको कमी र मुद्दाका कारण प्रशासकीय भवनको जग्गा प्राप्ति सकसपूर्ण बनेको हो ।
स्थानीयबासीबाट निशूल्क रुपमा जग्गा प्राप्त हुन नसकेपछि गाउँपालिकाले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरकारले जग्गा खरिद गरेर भवन बनाउन अनुमति दिएको छ । पछिल्लो तीन आर्थिक वर्षमा जग्गा खरिद गर्न वार्षिक रु. एक करोडका दरले बिनियोजन भएको बजेट कार्यान्वयन हुन् सकेको छैन् ।

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाई र भाडामा बार्षिक लाखौ बजेट खर्चनुपरेको गाउँपालिकाले मंगलबार बाबियाचौरमा आयोजना गरेको आर्थिक वर्ष २०८१÷०८२ को समिक्षा कार्यक्रममा सहभागी कर्मचारीहरुले गुनासो गरेका थिए ।
भाडाको घरमा रहेका साँघुरा कोठामा काम गर्न अप्ठ्यारो भएको प्रशासन शाखाका प्रमुुख सुर्दशन पौडेलले बताउनुभयो । कार्यालय सञ्चालनका लागि मङ्गला गाउँपालिकाले मासिक रु. ६७ हजार पाँच सय घरभाडामा खर्च गर्दै आएको छ ।

माटेबगरमा रहेको कृषि उपज संकलन केन्द्रको भवन मर्मत गरेर गत वर्षदेखि कृषि र पशुु सेवा शाखा सञ्चालन भएको छ । स्थापनाको तीन वर्ष साविक बाबियाचौर गाविसको भवनमा रहेको गाउँपालिकाको कार्यालय वि.स. २०७८ मा भाडाको घरमा सारिएको थियो । गाउँपालिका सरेपछि उक्त भवनमा वडा नम्बर २ को कार्यालय सञ्चालन भएको छ ।
मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले स्थापनाकालदेखिनै जग्गा खोजेपनि विभिन्न कारणले नपाएको बताउनुभयो । “मापदण्ड अनुुसारको छ रोपनी जग्गा नभए सम्म भवन बनाउन संघीय सरकारले अनुुदान दिदैन्,” उहाँले भन्नुभयो “निशूल्क जग्गा नपाएपछि खरिद गर्ने प्रक्रीया अघि बढाएपनि पाइएको छैन् । प्रयास गरिरहेका छौ ।”
निशूल्क र खरिद गर्ने जग्गा नभएपछि माटेबगर स्थित सार्वजनिक जग्गा प्राप्तिको प्रक्रीया अघि बढाउने तयारी गरेको अध्यक्ष रोकाले बताउनुभयो । जग्गा प्राप्ति प्रक्रियामा बाबियाचौरका समुदाय र राजनितिक दलहरुबाट सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो ।
छ वटा स्थानीय तह रहेको म्याग्दीमा मङ्गला सहित अन्नपूूर्ण र मालिका गाउँपालिकाले भवन निर्माणका लागि जग्गा प्राप्तिमा अल्झिएका छन् । धवलागिरी गाउँपालिकाले घट्टेखोलामा स्थानीयबासीले उपलब्ध गराएको जग्गामा भवन निर्माण अन्तिम चरणमा पुु¥याएको छ ।
रघुगङ्गा गाउँपालिकाले पनि स्थानीयबासीसँग समन्वय गरेर पालिकाको केन्द्र मौवाफाँटमा जग्गा ब्यवस्थापन गरेर गत आर्थिक वर्षदेखि भवन निर्माण शुरु गरेको छ । सदरमुुकाम अवस्थित बेनी नगरपालिकाले साविक अर्थुुङ्गे गाविस, भूूसंरक्षण कार्यालयको भवन तथा परराष्ट्र मन्त्रालयको नाममा रहेको जग्गामा भवन बनाएर कार्यालय सञ्चालन गरेको छ ।

