कालीगण्डकी बेसीनमा १६ वर्षपछी १८ जोडि चिरकालिज भेटिए

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पंक्षी चिरकालीजको संख्या बढेको छ ।

नेपाल पंक्षीविद् संघले गरेको अध्ययन अनुुसार १६ वर्ष अघिको तुलनामा यस वर्ष चिरकालीजको संख्या बढेको हो । संघले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटिताल, खन्ति, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो ।

मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरी गाउँपालिका र ढोरपाटन शिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता बिराट रजकले सन् २००९ मा छ जोडी चिरकालीज रहेको उक्त सात ठाउँमा यसपाली १८ जोडी भेटिएका जानकारी दिनुभयो ।

Shreekrishna

“सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए,” उहाँले भन्नुभयो “सन् २००९ पछि अध्ययन भएको थिएन् । १६ वर्षपछि यसपाली भएको अध्यनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालीजको संख्या बढेको पाइएको छ ।”

समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी शिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुुवा जनावरको गतिबिधी बढ्दा चिरकालीजको संख्या वृद्धिमा सहयोग पुुगेको अनुुसन्धानकर्ता रजकले बताउनुभयो ।

खरवारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुुकुुल वातावरण बनेको उहाँको भनाई छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

चिरकालीजले अण्डा कोरल्ने बाहेकको समयमा डढेलो लाग्दा झाडी नष्ट हुुने र प्रशस्त आहारा पाउदा उसका लागि अनुुकुल मानिन्छ । चैत, बैशाख र जेठ चिरकालीजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।

समुद्री सतहबाट देखि एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालीज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुुसन्धानकर्ता केशव चोखालले बताउनुभयो ।

“चिरकालीजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ,” उहाँले भन्नुुभयो “बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।”

‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै वासस्थान बनाउने यो पक्षीले एकपटकमा सात देखि १५ वटासम्म फुल पार्छ ।

चिरकालीज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बिष्णुु अधिकारीले बताउनुभयो । कालीगण्डकीको साथै म्याग्दी र रघुगंगाको तटीय क्षेत्रमा देखिएकाले अनुुसन्धान थालिएको हो । चिरकालीजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुुले सहयोग गरेको नेपाल पंक्षीविद् संघले जनाएको छ ।

धवलागिरी गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुुने प्रतिवेदनको आधारमा चिरकालीज संरक्षण कार्यक्रम गरिने जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताउनुभयो । दुर्लभ पंक्षी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीय स्तरमा रोजगारी सिर्जना र आयआर्जन वृद्धिमा सघाउ पुुग्ने उहाँले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...