
बेनी, ः म्याग्दीका ट्राफिक प्रहरीलाई नेपाल नेत्रज्योती संघले सोमबार चश्मा सहयोग गरेको छ ।
ड्युटीमा खटिने प्रहरीको सहजताको लागि संघले ५० थान चश्मा उपलब्ध गराएको हो । अमेरिकामा बस्ने नारायण श्रेष्ठले चस्मा सहयोग गर्नुभएको हो ।

संघका महासचिव भरतबहादुर चन्द लगायतका पदाधीकारीहरुले जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिना र ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बिशाल परियारलाई चश्मा हस्तान्तरण गर्नुभएको थियो ।

नेत्रज्योती संघ म्याग्दीका सभापति अमर बानियाको अध्यक्षता, बरिष्ठ नेत्र सहायक दिनेश बानियाको सञ्चालन र मुक्ति खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

