बेनीमा एक महिनाअघि चोरी गरेको मोटरसाइकल सहित एक जना पक्राउ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटबाट एक महिनाअघि हराएको मोटरसाइकल सहित चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गत असोज ११ गते मंगलाघाटमा कमल घर्तीले आफ्नै घरअगाडी पार्किङ गरेर राखेको ध १ प ७४९३ नम्बरको बजाज कम्पनीको पल्सर २२० सिसि क्षमताको मोटरसाइकल चोरी भएको थियो ।
यही कात्तिक ११ गते बेनपा–१ खबराको सडक छेउमा मोटरसाइकल फेला परेको र अनुसन्धानको क्रममा १२ गते बेनीको न्युरोडबाट मोटरसाइकल चोरीमा संलग्न मंगला गाउँपालिका–१ पूर्णगाउँका १९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले बताउनुभयो ।

म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर खत्रीलाई चोरी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...