
म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङबाट शनिबार सुत्केरी हुन नसकेकी एक जनाको हेलिप्कटर मार्फत उद्धार गरिएको छ ।
मराङ स्वास्थ्य चौकीमा सुत्केरी हुन आएकी स्थानीय बिष्णुकुमारी गर्बुजाको बच्चाको खुट्टा पहिले निस्कीएर अड्किएपछि सिम्रिक एयरको हेलिकप्टर मार्फत तत्कालै उद्धार गरेर गण्डकी अस्पताल पोखरा पु¥याएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जनाएको छ ।

स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिने सूचना पाएपछि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र धवलागिरी गाउँपालिकासँग समन्वय गरेर हेलिकप्टरको ब्यवस्था गरि उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गर्बुजालाई गण्डकी अस्पताल पोखरामा शल्यक्रिया मार्फत प्रसुति गराउन लागिएको छ । गण्डकी प्रदेश सरकारले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतिको उद्धारका लागि निशूल्क हवाईउद्धार गर्दै आएको छ ।

