
बेनी,  ः मुस्ताङमा लेक लागेर सोमबार एक जना तिर्थालुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए । उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएको हो ।

 
			
 
				
