अस्पताल भर्ना नभएका र एलोपेथिक औषधी नखाईकनै एक सय वर्ष पार गरेका मल्लाजका लालबहादुर जिसी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, खैरो रङको स्विटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपीमा सजिनुभएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो ।

उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो आफ्नै आगँनमा जनप्रतिनिधी, छिमेकी र परिवारका सदस्यहरुको उपस्थितिमा एक सयौ जन्मदिन मनाउन पाउनु । जलजला गाउँपालिका–२ ओखरबोटका जिसीले सम्मानपछि खुलेर मनको कुरा र जिवन भोगाईका अनुभव सुनाउनुका साथै भलाकुसारी गर्नुभयो ।
६० वर्षसम्म खेतीकिसानी र घुम्ती गोठमा पशुपालन गरेर पाँच सन्तान हुर्काएका जिसीले अहिलेसम्म बिरामी भएर अस्पतालन भर्ना नभएको र एलोपेथिकको औषधी सेवन् नगरेको सुनाउनुभयो ।
“दूध, घ्यु, दही, माछा, मासु, विषादी र रासायनिक मलको प्रयोग नगरीकन उत्पादन भएको ताजा तरकारी, फलफुल उपभोग गरेको हुँदा अस्पताल भर्ना हुने गरि बिरामी परेको छैन,” जिसीले भन्नुभयो “सामान्य बिरामी हुदा गाउँघरमै पाइने जडिबुटी खाएर निको भएको छु ।”
राणा, प्रजातन्त्र, पञ्चालत, राजतन्त्र, शसस्त्र द्धन्द्ध हुदै संघीय गणतन्त्रिक व्यवस्थाको अनुभव गरेका जिसीले युवा हुँदा एक महिना लगाएर बुटवल पुगेर नुन ल्याएको, त्यसबेला जुत्ता, चप्पल लगाउन नपाएको, खानेपानी, विद्युत, सञ्चारको सुविधा नहुँदा जिवनयापन निकै कष्टकर रहेको सुनाउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


“नयाँ कपडा लगाउन चाडपर्वनै कुर्नुपर्ने थियो, ढुङ्गा प्वाल पारेर जम्मा भएको पानी उपभोग गर्नुपर्ने अवस्था थियो” जिसीले बाल्यकाल सम्झनुभयो “पूर्वाधार र चेतनाको विकासका साथै व्वयस्थामा आएको परिवर्तनले हामी सर्वसाधारणको जनजिवन धेरै सहज भएको छ ।”
खेतीयोग्य जमिन बाँझिने, बसाईसराई बढ्दो र खाद्यान्तमा परनिर्भरता बढेकोमा जिसीले चिन्ता गर्नुभयो । स्थानीय खानेपानी उपभोक्ता समितिको नेतृत्व गरेका जिसीका चार छोरा र एक छोरीका २० जना नाती, नातिना र पनाति छन् । जिसीले १७ वर्षको उमेरमा १३ वर्षीया नन्दकुमारीसँग बिवाह गर्नुभएको थियो ।


श्रवणशक्ति कम भएपनि स्पष्ट बोल्न सक्ने उहाँ धार्मिक पुस्तकका चित्रहरु अध्ययन, आफन्त र छिमेकीसँग गफिएर दिन बिताउनुहुन्छ । घर वरपर आफै हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी नचाहिने लालबहादुरका माइला छोरा हरिबहादुर जिसीले बताउनुभयो ।
जिसिलाई जलजला गाउँपालिका, बराह टोल विकास संस्था, घर्ती क्षेत्री लामिछाने बन्धु समाजले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेका थिए । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दिपक आचार्यले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।


एक सय वर्ष पुगेका पालिका भरिका शताब्दी पुरुष र नारीको पहिचान गरेर घरमै पुगेर सम्मान गर्ने, उनिहरुको अनुभव, जिवन भोगाई र सुझावलाई रेकर्ड गरेर राख्ने, परम्परागत ज्ञान, सिप र अनुभवको पुस्तान्तरण गर्न थालिएको अध्यक्ष आचार्यले बताउनुभयो ।
हरेक तीन महिनामा घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, अस्पताल जान आउन निशूल्क एम्बुलेन्स ब्यवस्थापन, सहायता सामग्री वितरणका साथै अन्तरपुस्ता अनुभव पुस्तान्तरणको कार्यक्रम बनाएको उपाध्यक्ष आचार्यले बताउनुभयो । मल्लाजका युवा नविन जिसीले एक शताब्दीको इतिहाँस जिसीको अनुभव र भोगाई अरुका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...