
बेनी । म्याग्दीको बेनी नगरपालिका–१ अर्जम पुरान्जीकी ब्याक्टेरियल टक्ससेमिया रोगबाट बिरामी भएकी सोविता परियारको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।
रत्नेचौर घर भई हाल क्रोयशियामा रहेका आशिष परियार (झिल्के)को अगुवाइमा संकलन भएको रु. ५० हजार नगद सोविताको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
क्रोयसियाबाट आशिषले पठाउनुभएको रकम जलजला गाउँपालिका ७ धाइरिङका साजन परियारले सोविताको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो । सोविताका श्रीमान राम्जी परियारले श्रीमतिको उपचारका लागि थप सहयोगका लागि सहयोगको अपिल गर्नुभयो । राम्जी र सोविताका कक्षा २ मा अध्ययन गर्ने छोरा छन् ।
ज्याला मजदुरी र खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका परियार दम्पत्तीलाई सोविताको उपचार खर्च जुटाउन कठिन भएको छ ।
