घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरुले सुरक्षा र सहयोगका लागि कुकुर पाल्ने चलन छ ।

महिनौ सम्म एक्लै जङगलमा बस्ने गोठालाहरुको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याल लगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन् । कुकुर बिनाका भेडाबाख्रा, च्याङग्रा, चौरी, गाईभैसीको गोठनै हुदैनन् । सहरबजारमा सोखका लागि कुकुर पाल्ने गरिएपनि विकट र दुर्गम क्षेत्रका किसानका लागि कुकुर पाल्नु अनिवार्य जस्तै हो ।

राती, साँझ र बिहान गोठको वरपर रुगेर पहरा दिने कुकुरले जंगली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर संकेत गर्र्ने, लखेट्ने तथा भिडेर कृषकलाई सहयोग गर्ने धवलागिरी गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले बताउनुभयो ।

Shreekrishna

“कुकुरबिनाको गोठालाको कल्पनानै गर्न सकिदैन्,” ६८ वर्षदेखि गोठाला गर्दै आएका नरबहादुरले भन्नुभयो “पशुहरु जंगलमा चराउन लैजादा उनिहरुको पछि पछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिदैनन् । साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउछ । चितुवा, ब्वासो, स्याल देखेपछि भूकेर सूचना दिन्छ । आक्रमण गर्न आउन जंगली जनावरलाई भगाउँछन् ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पुर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको बुकीमा भेडापालन गर्दै आउनुभएका धवलागिरी गाउँपालिका–३ मुनाका लिलबहादुर पुनको गोठको सुरक्षा कुकुरले गर्छन् । ६० वर्षदेखि भेडापालन गर्दै आउनुभएका ८३ वर्षीय पुनले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि तीन वटा ‘भोटे कुकुर’ पालेको बताउनुभयो ।

कुकुरको सहयोग बिना गोठाला एक्लैले सँयौको संख्यामा रहेका गाई, भैसी, भेडाबाख्रा, च्याङग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताउनुभयो ।

म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरुले तीस किलोग्राम भन्दा बढी तौल हुने, अग्ला र ठूला शरिर भएका देख्दै डरलाग्दा कम्तिमा दुई वटा “भोटे कुकुर” पालेका हुन्छन् । यस्ता कुकुरको छाउरालाइनै प्रतिगोटा रु. १० हजार भन्दा बढी मूल्य पर्छ ।

आफ्ना मालिकलाई माया गर्ने, जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने बिशेषता भएका कुकुरले गोठालाको दैनिकिलाई सजिलो र सुरक्षति बनाएको कृषक नेत्रप्रसाद राम्जालीले बताउनुभयो ।

बिहान र बेलुका पिठोको खोलेका साथै भेडाको दूध र मासु पनि गोठमा पालिने कुकुरका खाना हुन् । एक ठाउँमा दश देखि पन्ध्र दिन गोठ राखेर वरपरका खर्क र जंगलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर दुई सय बढी गोठमा २० हजारको संख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...