
बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कबाट पाँच दिनअघि हराएकी एक वृद्धा अझै फेला पर्नुभएको छैन् ।

असोज २९ गते दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन ९५ वर्षीय स्यानीमाया खत्री आइतबारसम्म नभेटिदाँ परिवार निराश र चिन्तित भएका छन् । परिवारका सदस्य र स्थानीयबासीहरुले छिमेकी, आफन्त र निजकैको गाउँमा पुगेर खत्रीको खोजी गरेका छन् ।
आमाको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएपनि नभेटिएको स्यानीमायाका छोरा तुलबहादुरले बताउनुभयो । खुट्टामा समस्या भएकाले पैदल हिडेर टाढा पुग्न सम्भव नभएको र सवारी साधन मार्फत कतै गएको भएमा देख्नेहरुले सम्पर्क गरिदिन तुलबहादुरले अनुरोध गर्नुभएको छ । सम्पर्क नम्बर तुलबहादुर खत्री ९८४७६३३७७४
