बेनीमा लागूऔषध सहित दुई जना पक्राउ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको बेनीमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् ।

बेनी नगरपालिका–७ मंगलाघाटका ३० वर्षीय युकेन श्रेष्ठ र बेनपा–९ का २७ वर्षीय बिशाल बिकलाई लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

श्रेष्ठ र बिकको साथबाट ६० एम्पुल डाईजेपाम, बुप्रिनर्फिन, फेनेरागन र रु. २५ हजार एक सय २० नगद समेत बरामद गरेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

Shreekrishna

श्रेष्ठको साथबाट डाईजेपाम, बुप्रिनर्फिन, फेनेरागन आठ÷आठ एम्पुल र बिकको साथबाट डाईजेपाम, बुप्रिनर्फिन र फेनेरागन २०÷२० एम्पुल बरामद भएको हो । असोज ३१ गते पक्राउ परेका श्रेष्ठ र बिक साथी हुन् ।

लागूऔषध मुद्दामा अनुसन्धानका लागि म्याग्दी जिल्ला अदालतबाट कात्तिक ९ गतेसम्म म्याद थप गरेर हिरासतमा राखिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...