ताकममा निःशुल्क आँखा शिविर, तीन सय जना लाभान्वित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् ।

म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् ।

शिविरमा वडा नम्बर ७ ताकमका साथै वडा नम्बर २ लुलाङ, वडा नम्बर ३ मुना, र वडा नम्बर ४ खिबाङका सर्वसाधारणले समेत आँखा जाँच गराएर उपचार सेवा लिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तिले जानकारी दिनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

ग्रामीण भेगका सर्वसाधारण नागरिकहरुलाई आँखा सम्बन्धी समस्याको घरदैलोमै उपचार गराउने अवसर दिनका लागि सामाजिक उत्तरदायित्व बहन गरेर शिविर आयोजना गरिएको अध्यक्ष घर्तिले बताउनुभयो । शिविरमा नेत्र अधिकृतद्धय दिनेश बानियाँ र गणेश महतो सहित स्वास्थ्यकर्मीहरुको टोलीले आँखा जाँच, औषधी र चश्मा वितरण संगै परामर्श सेवा दिनुभएको थियो ।

गाउँमै आँखा उपचार सेवा लिन पाएपछि स्थानीयबासी खुसी भएका छन् । शिविरको उद्घाटन गर्दै धवलागिरी गाउँपालिका– ७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले शिविरले घरदैलोमै उपचार सेवा लिने अवसर दिएको बताउँदै सर्वसाधारण नागरिकलाई राहत भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय रहेको म्याग्दी जेसीजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा रचनात्मक कार्यहरु गरी आफुलाई स्थापित सामाजिक संस्थाको रुपमा अग्रसरता लिएकोमा जोड दिनुभयो ।

नेत्रज्योती संघ म्याग्दीका सभापति अमर बानियाँले आँखा मानिसको अभिन्न अंग भएकाले आँखाको सुरक्षाको सन्देश र आँखाको समस्या सम्बन्धी उपचार सेवा दिन शिविरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । म्याग्दी जेसीजका शाखा अध्यक्ष घर्तिको अध्यक्षता, निवर्तमान अध्यक्ष दिनेश बानियाँको स्वागत र कोषाध्यक्ष नविन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...