
पोखरा । पोखरा-२४ का युवाहरूको सामाजिक संस्था हाम्रो कास्कीकोट युवा सञ्जालको पाँचौं अधिवेशन कार्तिक १ गते शनिबार सम्पन्न भएको छ । कास्कीकोटमा सम्पन्न उक्त अधिवेशन मार्फत तिर्थराज अधिकारीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
नयाँ कार्यसमितिको सह-संयोजकमा मेघराज सुवेदी, प्राविधिक संयोजकमा रुद्र प्रसाद अधिकारी, आर्थिक संयोजकमा सिसम बस्ताकोटी, व्यवस्थापन संयोजकमा आविष्कार बस्ताकोटी र सह-व्यवस्थापन संयोजकमा सूर्य भट्टराई चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा सूर्य परियार र अर्जुन सुवेदी रहनुभएको छ ।

साथै सल्लाहकार संयोजकमा राम शर्मालाई चयन गरिएको छ । विधान बमोजिम आवश्यक अन्य सदस्यहरु नयाँ कार्यसमितिले नै चयन गर्न सक्ने निर्वाचन मण्डलका संयोजक एवं संस्थाका संस्थापक संयोजक चन्द्रेश्वर बस्ताकोटीले जानकारी दिनुभयो ।

“बदलिँदै छ समाज बदलिँदै छ हाम्रो सोच, सुन्दर, सभ्य र समृद्ध बन्दैछ हाम्रो कास्कीकोट” भन्ने नाराका साथ २०७३ सालमा स्थापित संस्थाले संसारभरिका कास्कीकोटप्रेमीलाई सूचना प्रविधिको माध्यमबाट एकत्रित गरी कास्कीकोटको पर्यटन प्रवर्द्धन, स्वास्थ्य शिविर, सार्वजनिक सुनुवाई लगायत विभिन्न सामाजिक एवं रचनात्मक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
