
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविले तिहार पर्व २०८२ को अवसरमा देउसीभैलोको आयोजना गरेको छ ।
विद्यालयमा सञ्चालित प्राविधिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको स्तरोन्नतिका लागि आर्थिक सहयोग जुटाउने, देउसीभैलो खेल्ने परम्पराको निरन्तरता र संस्कृतिको संरक्षणको उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
वडा अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक खत्रीको नेतृत्वमा विभिन्न उपसमितिहरु गठन गरेर देउसीभैलो कार्यक्रमको तयारी गरिएको विद्यालयका प्रअ ई. केशरमान रावलले बताउनुभयो ।
कात्तिक ३ गतेदेखि विद्यालयको सेवा क्षेत्रमा देउसीभैलो खेलिने उहाँले बताउनुभयो ।


