प्रकाश दुतराजको ‘छैन र माया’

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । कलाकार प्रकाश दुतराजले ‘छैन र माया’ बोलको गित सार्वजनिक गर्नुभएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मन घर भएका दुतराजले पछिल्ला केही वर्षयता दसै पर्वको छेको पारेर मौलिक र ग्रामिण जिवनशैली झल्काउने माया प्रेमका कथामा आधारित गित ल्याएर स्रोता÷दर्शक माझ आउने गर्नुभएको छ ।

मुस्ताङको नुनखानी भएको तेताङ र अन्य विभिन्न ठाउँमा छायांकन भएको गितका शब्द र भाका मौलिक छन् । प्रकाश र मेलीना राइको स्वर रहेको गितको रचनाकार प्रकाश दुतराज आफै हुन् ।

Shreekrishna

म्युजिक भिडियोमा प्रकाश र म्याग्दीकै कलाकार अञ्जली जिसीले अभिनय गर्नुभएको छ । अञ्जलीले छैन र माया मार्फत म्युजिक भिडियोमा डेब्यु गर्नुभएको छ । यो गितमा भर्खरै माया प्रेममा गाँसिएका युवा युवतिहरु टाढिनुपर्दाको अवस्थालाई देखाउन खोजिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रकाशले यसअघि ल्याएका ‘रिमै’, ‘रेशम’, ‘जुनमाया’, ‘मन भुल्छ’, ‘मै जाम्ला’, ‘रेशम’ को म्युजिक भिडियो ‘युट्युव’मा एक करोड पटक भन्दा धेरै हेरिएका छन् । प्रकाशका गितमा प्रयोग भएका शब्द र संगित मात्र होइन् नृत्य पनि मौलिक र मनछुने किसिमका छन् ।

उहाँ गितको शब्द रचना, गायन, संगित, निर्देशन र अभिनय आफै गर्नुहुन्छ । प्रकाशका गितका म्युजिक भिडियोले मनोरञ्जनसँगै सन्देश पनि बोकेका छन्् । मिठास शब्द र संगितले भरिएको गितको भिडियोमा मार्मिक र अर्थपुर्ण दृष्य र कथा समेटिएका छन् ।

नेपालीपन भएका सिर्जना स्रोता–दर्शकले मन पराउने प्रकाशको अनुभव छ । “अहिलेका दर्शकहरू हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन,” उहाँले भन्नुभयो “हरेक गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु ।”

प्रकाश आफू हुर्केको गाउँ–समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्नुहुन्छ । सोही कारण उहाँका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ । अभाव, दुःख, विभेद, गाउँ–समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गरेको प्रकाशको भनाई छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...